रामेछाप नगरपालिकाका ९ सय जना किशोरीहरुलाई एच.पि.भि.खोप लगाईदैँ

रामेछाप नगरपालिकाका ९ सय जना किशोरीहरुलाई एच.पि.भि.खोप लगाईदैँ

रामेछापको रामेछाप नगरपालिकामा २१ वटा खोपकेन्द्र मार्फत ९ सय किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप लगाईदैँ छ । एच.पी.भि खोप अभियान पालिकास्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुको लागि अभिमुखि कार्यक्रम आयोजना गरिएको छ ।

रामेछाप नगर भित्रका विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई प्राथमिक तहको उपचार अन्तर्गत पाठेघरको क्यान्सर रोकथामका लागि एचपिभि खोप लगाउने तयारी भएको जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी गराउनुभयो । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको हकमा विद्यालयले उपलब्ध गराएको परिचयपत्र र विद्यालय बाहिर रहेका किशोरीहरूको हकमा जन्म दर्ताका आधारमा उमेर हेरेर खोप लगाइनेछ ।

रामेछापमा दुई चरणमा खोप अभियान सञ्चालन हुँदै छ । पहिलो चरण अन्तर्गत माघ २२ गते देखि २४ गते सम्म मन्थली नगरपालिका, उमाकुण्ड, गोकुलगंगा, खाँडादेवी, दोरम्वा शैलुङ्ग, र सुनापति गाउँपालिका सञ्चालन हुँदै छ भने दोस्रो चरणमा माघ २८ देखि ३० गते सम्म रामेछाप नगरपालिका र लिखु तामाकोसी गाउँपालिकामा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार