रामेछाप अस्पताल रामेछापमा हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन । अस्पतालमा विशेषज्ञ/विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
यहि पौष २४ गते बुधबार पेट,आन्द्रा तथा कजेलजो रोग विशेषज्ञ र मानसिक तथा नशा रोग विशेषज्ञले सेवा दिने छन । बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीले नाम दर्ता गर्न सक्नेछन् ।
बिहान ११ बजेदेखि बिरामी चेकजाँच सुरु हुने अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा गर्नुभएको सेवाग्राहीलाइ अनिवार्य बिमा कार्ड लिएर आउन पनि अस्पताल प्रशासनले आग्रह गरेको छ ।