नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान शुभारम्भ गरेको छ । आईतबार(आज) गौरीशंकर बहुमुखी क्याम्पस रामेछाप बजारबाट अभियानको शुभारम्भ गरिएको हो ।
रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र नेविसंघ रामेछापका सभापति बिनोद बुढाथोकीको अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले विद्यार्थीहरुको हक,हित र अधिकारको लागी निविसंघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
उहाँले नेपाली कांग्रेस पार्टीको गरिमा बढाउने काम नेविसंघले गरेको बताउनुभयो । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले विद्यार्थी जीवनमा राजनीतिक जग बसाल्न नेविसंघले महत्पूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
आफु पनि नेविसंघ हुँदै राजनीतिमा उदाएको भन्दै उहाँले विद्यार्थीहरुलाई नेविसंघको ईतिहासको बारेमा प्रष्ट पार्नुभयो । कार्यक्रममा रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ्ग,नेपाली कांग्रेस रामेछाप नगरपालिकाका उपसभापति केदार कार्की लगायतले विद्यार्थीहरुलाई नेविसंघको सदस्य बनेर क्याम्पस र विद्यार्थीका समस्याहरु उजागर गर्न अनुरोध गरेका थिए ।
नेविसंघका केन्द्रिय सदस्य एवं रामेछापका लागी खटिनुभएकी प्रतिनिधी अनिता सापकोटाको समेत उपस्थिती रहेको कार्यक्रम संचालन नेविसंघ रामेछापका उपसभापति युवराज सुवेदीले गर्नुभएको थियो । सो कार्यक्रममा क्याम्पसका केही विद्यार्थीहरुले विभिन्न सुझावहरु व्यक्त गरेका छन ।