रामेछाप अस्पतालको आयोजनामा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास

रामेछाप अस्पतालको आयोजनामा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास

रामेछापमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । सडक दुघटनाबाट हुने मानवीय क्षति कम गर्न आज(मंगलबार) रामेछापमा पूर्व अभ्यास गरिएको हो ।अभ्यासमा रामेछाप नगरपालिका–८ टुँडीखेल नजिकै यात्रु बाहक बस दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरी उपचार तथा आवश्यक व्यवस्थापन गरिएको थियो ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी,रेडक्रसका प्रतिनिधीहरुको सक्रियता रहेको थियो । कृत्रिम अभ्यासको मुख्य उद्धेश्य कुनै सडक दुर्घटना भइहालेमा उद्धार र उपचारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. केशव श्रेष्ठले बताउनुभयो ।

विपद् कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकाय र घाइतेहरुको उपचारमा संलग्न चिकित्सकलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गराइएको उहाँले बताउनुभयो । रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले जुनसुकै समयमा विपद्का घटना हुने भएकाले सम्बन्धित निकाय सदैव तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

कुनै पनि विपद्का घटना थाहा दिएर तथा बाजा बजाएर नआउने भएकाले यस्ता अभ्यासको ठुलो महत्त्व रहेको उहाँको भनाई छ । आकस्मिक तरिकाले गरिएको कृतिम अभ्यासलाई हेर्दा रामेछाप अस्पतालको सेवा सुविधा राम्रो रहेको पाईएको उहाँले बताउनुभयो । उहाँले अस्पतालले घाइते विरामीहरुलाई गर्ने रेस्पोन्स,सेवा सुविधा तथा उपचार राम्रो पाईएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । घटना अभ्यासका बारेमा घटना व्यवस्थापनमा संलग्न विरामीहरुको अभिनय आर.बि.पी डब्लुका कलाकारहरुले निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार