मानसिक स्वास्थ्य सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम रामेछापमा सम्पन्न

मानसिक स्वास्थ्य सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम रामेछापमा सम्पन्न

मानसिक स्वास्थ्य सम्बन्धि ३ दिने अभिमुखिकरण कार्यक्रम रामेछापमा सम्पन्न भएको छ । कोशिश राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्वन संगठनले मन्थली अस्पताल,रामेछाप अस्पताल,ओसिएमसी,रामेछाप नगरपालिका र विभिन्न महिला समुहहरुसङको समन्वयमा कार्यक्रम गरेको हो ।

यहि मंसिर १७ देखी १९ गतेसम्म भएको कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोमाजिक समस्या कसरी उत्पन्न हुन्छ ? कसरी पहिचान गर्ने, सहयोगको लागि के गर्ने भन्ने विषयमा कोशिशका बरिस्ठ सामाजिक कार्यकर्ता मन्जु क्षेत्रीले जानकारी गराउनुभएको थियो । कोशिशले मानसिक स्वास्थ्यको क्षेत्रमा हालसम्म गर्दै आएको कार्यहरुको बारेमा सामाजिक कार्यकर्ता सर्मिला न्यौपानेले जानकारी गराउनुभएको थियो ।

कार्यक्रमकै अवसरमा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले मनोसामाजिक समस्या उत्पन्न हुने कारकतत्व माथी प्रकाश् पार्दैै यी कारक तत्वहरु हटाउन नसककेपनी यसलाई घटाउने र मनोसामाजिक समस्यालाई पहिचान गर्ने संयन्त्र हुनुपर्छ भन्दै अगाडि बढने कुरामा जोड दिनुभयो ।

रामेछापका नगरपालिकाका उपप्रमुख बालकुमारी कार्कीले लैङ्गिक हिंसा तथा कुनै पनि हिंसाका कारण मानसिक स्वास्थ्य समस्या बढ्ने हुँदा सम्बन्धित व्यक्तिको चासो रहनुपर्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखि रामेछाप नगरपालिका भित्र रहेका मनोसामाजिक समस्या भोगिरहेका ब्यक्तिहरुका लागि महिनामा एक पटक मनोचित्सकिय सेवा प्रवाह गरेको बताउनुभयो ।

कोशिशका बरिस्ठ सामाजिक कार्यकर्ता मन्जु क्षेत्रीका अनुसार मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाइ पहिचान गर्न र सम्बन्धित ठाउँमा रेफर गर्न सक्ने वातावरण होस् र अस्पतालमा अन्य स्वास्थसँगै मानसिक स्वास्थलाई पनि जोडेर लैजानु पर्छ भन्ने उद्धेश्यले महिला समूह,स्वास्थ्य शाखा,नगरपािलका तथा स्वास्थ्यकर्मीहरुलाई यो कार्यक्रम आयोजना गरिएकोे बताउनुभयो । २०६५ सालमा स्थापना भएको कोशिश संस्थाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपांगताका क्षेत्रमा सक्रृय रुपमा काम गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार