वडा अध्यक्षको निधनमा रामेछापको गोकुलगंगा गाउँपालिकामा आइतवार शोक बिदा दिएको छ । गाडी दुर्घटनामा वडा अध्यक्ष रामचन्द्र बस्नेतको निधन भएपछि गोकुलगंगा गाउँपालिकाले आइतबार(भोली) शोक बिदा दिने निर्णय गरेको छ ।
शुक्रवार काठमाडौँबाट गोकुलगंगा गाउँपालिका वडा नं ४ बेताली आउँदै गर्दा सोही वडाका वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएपछि पालिकाले शनिवार एक शोक पत्र जारी गर्दै शोक बिदा दिने जानकारी गराएको हो ।
गाउँपालिकाले १६ गते आइतबार पालिका कार्यालय र अन्तर्गतका सबै कार्यालयहरूमा आकस्मिक सेवा बाहेक शैक्षिक संस्थाहरू समेतमा शोक बिदा दिने निर्णय गरेको गाउँपालिकाले एक सूचना मार्फत जानकारी दिएको छ ।