चाडपर्व लक्षित यातायात सुरक्षामा यस्तो छ रामेछाप ट्राफिक प्रहरीको योजना

चाडपर्व लक्षित यातायात सुरक्षामा यस्तो छ रामेछाप ट्राफिक प्रहरीको योजना

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चाडपर्वलक्षित यातायात सुरक्षा योजना लागू गरेको छ । प्रहरीले यहि असोज १७ गतेदेखी जिल्लाका ३ ठाउँमा यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । यात्रुको सहजताको लागी मन्थली देवकोटा चोक,खिम्ती र सित्खामा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख दिपक चौलागाईले बताउनुभयो ।

दशैँ तिहार मान्न गाउँ आएका यात्रुहरूलाई बढी भाडा लिने,यात्रु ठगी गर्ने, टिकट लगायत यातायातसम्बन्धी समस्या सहजताका लागि कक्षको स्थापना गरिएको हो । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, लेन अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम बढ्न सक्ने हुनाले न्यूनीकरण गर्न सहायता कक्षले प्रभावकारी भूमिका खेल्ने उहाँको भनाई छ ।

रामेछापमा चाडपर्वलक्षित दुर्घटना न्यूनीकरणका लागि सवारीचालकको प्रतिबद्धता कार्यक्रम शुभारम्भ गरिएको उहाँले बताउनुभयो । चाडपर्व प्रत्येक वर्ष आउने भएकाले यात्रु सहजताका लागि ट्राफिक प्रहरी सदैव तयार रहने गरेको उहाँले बताउनुभयो । सोही योजना अनुसार यस वर्ष पनि सडक सुरक्षामा प्रहरीले सकृयता बढाएको उहाँले बतानुभयो ।

चाडपर्वको समयमा मादकपदार्थ सेवन गरी सवारी चलाउने,तीव्र गतिमा सवारी हाँक्ने, क्षमताभन्दा बढी यात्रु राख्ने जस्ता कृयाकलापहरुमा निगरानी बढाइने ट्राफिक प्रमुख चौलागाईले बताउनुभयो । उहाँले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्णरुपमा पालन गर्नु सबैको कर्तव्य भएकाले सबैमा उहाँले ट्राफिक नियमको पूर्णपालन गर्न अपिल गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार