संबिधान दिवसमा रामेछापका दुई कैदी छुट्दै

संबिधान दिवसमा रामेछापका दुई कैदी छुट्दै

संबिधान दिवसको अवसरमा रामेछापका २ जना कैदीको कैद सँजाय मिनाहा गरेर थुनामुक्त गरिने भएको छ । कारागार व्यवस्था विभागले देशभरवाट करिव एक हजार कैदीको कैद मिनाहा गर्ने तयारी गरिरहेका बेला रामेछापका २ जना कैदीको पनि कैद मिनाहा हुन लागेको हो ।

विभागले कैद मिनाहाका लागि भदौ १६ गते सार्वजनिक गरेको ४९२ जनाको सूचिमा रामेछापका २ जना कैदी रहेका छन् । उनीहरुविरुद्ध कुनै उजुरी वा गुनासो नपरेमा संबिधान दिवसको अवसरमा कैद मिनाहा भएर थुनामुक्त हुने छन् । रामेछाप जिल्ला अदालत र उच्च अदालत पाटनवाट फैसला भएर ५० प्रतिशत कैद सँजाय भुक्तान गरिसकेका २ जना कैदीको बाँकी कैद मिनाहा गर्न लागिएको हो ।

सालकको अखेटोपहार मुद्धामा ५ वर्ष कैद सँजाय तोकिएका रामेछापको मन्थली नगरपालिका ४ का अशोक थापाको पनि २ वर्ष ३ महिना ४ दिन कैद मिनाहा हुने भएको छ । यस्तै, चोरी मुद्धामा ३ वर्ष कैद तोकिएका रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ का लोकवहादुर महतराको पनि १ वर्ष ४ महिना २७ दिन कैद मिनाहा हुनेछ । रामेछाप कारागारले कैदीको कैद अवधिभर चालचलन असल रहेको, ५० प्रतिशत कैद भुक्तान गरिसकेको भनी बाँकी कैद मिनाहाकालागि शिफारिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार