रामेछापको मन्थलीमा स्ववियुले चलायो लोकसेवा तयारी कक्षा

रामेछापको मन्थलीमा स्ववियुले चलायो लोकसेवा तयारी कक्षा

मन्थली शहिद स्मृति क्याम्पस स्वतन्त्र विद्यार्थि युनियन मन्थलीले क्याम्पस भित्र लोकसेवा आयोगको तयारी कक्षा आरम्भ गरेको छ । क्याम्पसमा अध्ययनरत लोक सेवा आयोगको तयारी गर्न चाहने विद्यार्थिहरुलाई सहज होस भन्नका लागि स्ववियुले बुधबारबाट कक्षा आरम्भ गरेको हो ।

उक्त तयारी कक्षाको शुभारम्भ कार्यक्रमका प्रमुख आतिथ्यता वागमति प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण समिति सभापति एवं साँसद आनन्द श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमका अवसरमा बोल्दै साँसद श्रेष्ठले स्ववियुले संचालन गर्न लागेको लोकसेवा तयारीको कक्षालाई उपयोगि कक्षाका रुपमा ग्रहण गर्न आग्रह गर्नुभयो ।

उहाँले तयारी कक्षालाई आम विद्यार्थिहरुले सकरात्मक र ब्यवहारीक शिक्षाका रुपमा उपयोग गर्नका लागि पनि विद्यार्थि साथिहरुलाई आग्रह गर्नुभयो ।
सो क्रममा उहाँले पछिल्लो समयमा युवा विद्यार्थि माझ अध्यन गर्ने वानिमा गिरावट आउनुका साथै उहिरुमा देखिदै आएको नकरात्मक पक्षलाई सकारात्मकतर्फ उन्मुख गराउन पनि यो कक्षा वरदान सावित हुने बताउनुभयो । उहाँले स्ववियुले गर्न लागेको कार्यक्रम विद्यार्थिको क्षमता विकासका लागि कोषे ढुँगा सावित हुने भन्दै विद्यार्थि साथिहरुलाई समय पुर्वक गहिरिएर नियमित कक्षामा सामेल भएर गहिरो अध्ययन गर्न पनि सुझाव दिनु भयो ।

कार्यक्रममा बोल्दै स्ववियु सभापति अविनास कार्कीले आम विद्यार्थि साथिहरुको भावना अनुसार स्वतन्त्र विद्यार्थि युनियनले आयोगको तयारीकक्षा संचालन गर्न लागेको बताउनुभयो । करिव ३ महिनासम्म संचालन गरिने लोकसेवा आयोगको कक्षाको तयारीका लागि ईच्छुक सबै साथीहरुलाई निशुल्क सहभागि गराईने पनि कार्कीले बताउनुभयो । कक्षा संचालनका लागि स्ववियुको निर्णय अनुसार स्ववियु कोषबाट खर्च गरिने र कक्षामा विषय विज्ञहरुलाई समावेस गराईने कुरा पनि सभापति कार्कीले बताउनुभयो ।

स्ववियुका सचिव शुसिल थापाको संचालनमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष वद्री नयाँघरे,क्याम्पस प्रमुख भरत कुमार श्रेष्ठ,मन्थली माविका प्रअ टंक दाहाल,नेपाल विद्यार्थि संघका जिल्ला अध्यक्ष विनोद बुढाथोकि लगायतका बक्ताहरुले स्ववियुले संचालन गर्न लागेको लोकसेवा आयोगको तयारी कक्षामा विद्यार्थिहरुलाई नियमित सहभागि भएर त्यसबाट भरपुर फाईदा लिनका लागि पनि आग्रह गर्नू भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार