सोममायाको मेहनतले लोभलाग्दो कमाई,बस्न सबै परिवार रमाई

सोममायाको मेहनतले लोभलाग्दो कमाई,बस्न सबै परिवार रमाई

रामेछापको मन्थली नगरपालिकाको कार्यालय जाने बाटोमै छ सोममाया नेपालीको न्यु धागो पसल । उनको पसलमा सिलाईकटाई सम्बन्धी सम्पूर्ण सामानहरु पाईन्छ । १० वर्ष देखि सिलाईकटाईको सामान विक्री गर्नुको साथै उनले अहिले विगत २ वर्षदेखि आफ्नो सिपलाई पनि बेचीरहेकी छिन् ।

उनलाई हरेकपटक भेट्न जाँदा सिलाई मेसिन चलाईरहेको अवस्थामा मात्र भेटिन्छ । उनले पहिला कपडा ह्यान्ड व्याग बनाउथिन । कपडाको व्याग बनाउँदा कच्चा पदार्थको मुल्य कटाएर एउटा व्यागको नाफा २०/३० रुपैयाँ मात्र बच्थ्यो ।

अहिले विभिन्न कार्यालय,संघसंस्था, विद्यालयमा काम गर्ने महिला दिदीबहिनीहरुलाई कार्यालय जान हतार हुने साडी मिलाएर लगाउन नभ्याउने हुनाले तयारी साडी, लगाउन रुचाउँछन् । साथमा उनले लेहेङ्गा गाउन पनि बनाउँछिन् । यसले गर्दा उनलाई अहिले काममा भ्याईनभ्याई छ ।

नले कही पनि गएर सिलाईकटाईको तालिम त लिएकी छैनन् तैपनि घरपरिवारले गरेको देखेर उनी आफैले सिकेकी हुन् । पहिला उनलाई मेसिन पनि चलाउन आउँदैनथ्यो । विहेपछि छोराछोरीको जिम्मेवारी घर परिवारको जिम्मेवारी यि सव कुराले उनलाई सिप सिक्न बाध्य बनायो ।

श्रीमानको पसलबाट भए पनि घरपरिवार घरखर्च चलाउनै प¥यो । आफुलाई कहिलेकाँही केही खर्चको लागि पनि माग्नैपर्ने, छोराछोरीको ईच्छानुसार केही किनेर दिउँन त भन्दा पनि माग्नै पर्ने स्थिती थ्यो ।

अहिले आफैले काम गर्न थालेपछि आफ्नो ईच्छानुसार खर्च गर्न कसैसँग माग्नु नपरेको र घरखर्चको लागि पनि श्रीमानलाई सहयोग पुगेको बताउँछिन् । यहि व्यवसायबाट मात्रै उनले सिजनमा मासिक २०/२५ बजार कमाउँछिन ।

आफुले काम गर्न थालेपछि सिजनको बेलामा रातभरी नसुतेर ९/१० दिनसम्म घरमा पनि नगई पसलमै बसेर काम गरेको अनुभव छ । यस्तो बेलामा घर परिवार सवै यहि पेशामा भएको हुनाले पनि अझ सहज भएको उनी बताउँछिन् ।

रातभरि बस्दा गाह्रो हुने भएकोले यति कामहरु नलेउ थोरै आफुले भ्याउने मात्रै काम लेउ भन्नुहुन्छ तर ग्राहक विश्वास लिएर आईसकेपछि उनलाई फर्काउन मन लाग्दैन । फेरी सस्तोमा पनि बनाईदिने, भनेको समयमा बनाईदिने हुनाले पनि धेरै ग्राहक आउने गरेको उनी बताउँछिन् ।

सवै जनाले एकचोटी बनाएर लिएर गएपछि लगाउन एकदमै सजिलो भयो भनेर पटकपटक ल्याउने गरेकोले पनि फर्काउन मन लाग्दैन उनलाई । २ वर्ष यता उनको यो साडी बनाउने र चोलो सिलाउने व्यवसाय एकदमै फस्टाएको छ ।

उनले ग्राहकको अपेक्षालाई मध्यनजर गर्दै दुलहीले मेहन्दी फङसनमा लगाउने कपडाहरु भाडामा दिने सेवा पनि राखेकीछन् । अहिले ग्राहकहरुको पनि बढेको हुनाले काममा भ्याईनभ्याई भएकाले सहयोगी राख्ने सोचमा छिन् ।

उनले यहि काम गरेरै महिनामा २५ देखी ३० हजार रुपैया कामाउँदै आएकी छिन । उनको कमाइले राम्रोसँग घर व्यवहार चलेको छ । उनि भन्छिन श्रीमानले कमाएको पैसा अहिले बचत गर्ने गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार