जन आकाशको १७ औ बार्षिकोत्सवमा “कृपज” सार्वजनिक हुने

जन आकाशको १७ औ बार्षिकोत्सवमा “कृपज” सार्वजनिक हुने

जन आकाश साप्ताहिक पत्रिकाको १७ औं बार्षिकोत्सवको अवसर पारेर जन आकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीले लेख्नुभएको “कृपज” नामक पुस्तक सार्वजनिक हुने भएको छ ।

नेपालमा कृपज अर्थात कृषि, पर्यटन, जलविद्युत देशका विकासको आधार भएको कार्कीको तर्कछ । उक्त कृपज कृति जन आकाश मिडियाले बजारमा ल्याउन लागेको हो ।
पुस्तकमा नेपाल विकास गर्न कृपजको अवधारणवाट सम्भव छ भनेर अहिले विदेशमा रहनुभएका युवा पुस्तलाई सुझाव सहितको उत्साहित बनाउने लेखहरु पुस्तकमा पढ्न पाइने कार्की बताउनुहुन्छ ।

लेखक कार्कीले हिमाल–पाहाड–तराई भूगोलको आधारमा जमिनहरुलाई बर्गीकरण गरेर देशको कृषि प्रणालीलाई आधुनीकिकरण गरेर लैजान सुझाव सहितको तर्क पुस्तकमा रहेको कार्कीले यस हाम्रो मिडियालाई कुराकानीको क्रममा बताएका हुन् ।

कार्कीले यो भन्दा अगाडी पनि माइली नामक उपन्यास पुर्व उपप्रधानमन्त्री सिपी मैनालीको प्रमुख अतिथिमा, सार्वजनिक गरिसक्नु भएको छ । आउन साथी आउ सवै मिली बिजयको मिठो गीत गाउँ बोलको स्वदेश गान तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख अतिथिमा बिमोचन गराई सार्वजनिक गरी सक्नु भएको छ ।

गएको बर्ष पनि विनोद कार्कीद्धारा लेखिएको कति राम्रो रामेछापको शिन नामक लोक गीतको निर्देशन मोहन कार्कीले गर्नुभएको थियो । जन आकाश मिडियाले उपसभामुख ईन्दिरा राण मगरवाट उक्त कति राम्रो रामेछाप शिन गीत बिमोचन गराई सार्वजनिक गराई सक्नु भएको छ ।
कार्कीको नेतृत्वमा सामाजिक क्षेत्रमा योगदान पु¥याएका व्याक्तित्वहरुलाई जन आकाश साप्ताहिक पत्रिकाले १० औ बर्ष पुगेको उपलक्ष्यमा पुर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका वर्तमान महासचित सदस्य शंखर पोख्रेलको प्रमुख अतिथिमा नेपालका राष्ट्रलाई योगदान पु¥याएका स्वर्गीय हिमालय शम्शेर जंग बहादुर राणा, नेपालकै पहिलो हास्य कलाकार बसुनधारा भुशाल, राष्ट्रिय समाजसेवी भद्रा कुमारी घले लगायतलाई सम्मान गरेर शुरुवात गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार