रामेछाप रामपुरको विभिन्न ठाउँमा वृक्षारोपण,किसानलाई फलफूलको बिरुवाहरु वितरण

रामेछाप रामपुरको विभिन्न ठाउँमा वृक्षारोपण,किसानलाई फलफूलको बिरुवाहरु वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं ५ रामपुरको विभिन्न ठाउँहरुमा वृक्षारोपण गरिएको छ । वडाले समुदायिक वनसँगको साझेदारीमा विभिन्न प्रजातीका विरुवाहरु रोपेको हो । भू तथा जलाधार व्यवस्थापन कार्यालय माफर्त प्राप्त भएको बाँस ३२ सय झाङ्ग,अम्रिसो ३ सय बोट,सुपर नेपियर ७५ सय बोट रोपिएको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले बताउनुभयो ।

पहिरो जान सक्ने जोखिम क्षेत्रमा यि बिरुवाहरु रोपिएको उहाँको भनाई छ । वडाले बगैँचा व्यवस्थापन कार्यक्रम अन्तर्गत किसानलाई विभिन्न प्रकारका फलफूलको बिरुवाहरु पनि वितरण गरेको छ । किसानलाई १७ सय बोट जुनार,४ सय बोट सुन्तला,४ सय बोट आँप र ३ सय बोट लिचीको विरुवा वितरण गरिएको वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो । ६० जना किसानलाई ३० देखी १ सय वटाका दरले विरुवा वितरण गरिएको उहाँले बताउनुभयो । विरुवा रोप्नको लागी किसानले खाडल खनेपछि अनुगमन गरेर विरुवा वितरण गरिएको थियो ।

विद्यार्थीलाई पोशाक,झोला सहित छात्रवृत्ती वितरण

रामेछाप नगरपालिका ५ रामपुरले वडा भित्रका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पोशाक,झोला सहित छात्रवृत्ती वितरण गरेको छ । ६ वटा विद्यालयका ३६ जना विद्यार्थीलाई विद्यालय पोशाक,झोला र छात्रवृत्ती वितरण गरिएको वडाअध्यक्ष हरिशचन्द्र श्रेष्ठले बताउनुभयो । गरिब जेहेन्दार विद्यार्थीहरुलाई १÷१ जोर विद्यालयको पोशाक,११ जना विद्यार्थीलाई नगद २÷२ हजारका दरले रकम,१४ जना दलित विद्यार्थीलाई विद्यालय पोशाक र झोला र ५ जना माझी समुदायका विद्यार्थीलाई झोला वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

रामपुरको टोलटोलमै वडाले पुर्याइदियो मल

रामेछाप नगरपालिका वडा नं ५ रामपुरले किसानहरुले अनुदानमा खरिद गरेको रासायनिक मल टोल टोलमै पुर्याइदिएको छ । धान,कोदो र मकै बालीका लागी आवश्यक रासायनिक मल ढुवानी अनुदानमा किसानको टोल बस्तीमै पुर्याइदिएको वडाध्यक्ष हरिशचन्द्र श्रेष्ठले बताउनुभयो । किसानको आवश्यकताको आधारमा युरिया र डिएपी मल ढुवानी अनुदानमा वितरण गरिएको उहाँले बताउनुभयो । किसानको ७ सय बोरा मल उनिहरुको टोल बस्तीमै पुर्याइदिएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार