रामेछाप नगर उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

रामेछाप नगर उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

रामेछाप नगर उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । रामेछाप अस्पताल रामेछापमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो ।

संघको नवौँ स्थापना दिवसको अवसरमा आज(मंगलबार) अस्पतालमा बेड भर्ना भएका ६ जना बिरामीलाई स्याउ,केरा,आँप,बिस्कुट र जुस वितरण गरिएको रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष अमित कुमार तामाङ्गले बताउनुभयो ।

रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्की,वडा नं ८ का वडाअध्यक्ष सन्तोष कुमार तामाङ र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.अचुत पौडेल सहितको उपस्थितमा फलफुल वितरण गरिएको हो ।

हाल रामेछाप नगर उद्योग वाणिज्य संघमा ५ सय ६५ जना उद्योगी,व्यवसायी सदस्य रहेका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार