रामेछाप नगरपालिकाले आमाबाबु विहिन बालबालिकालाई भत्ता दिने

रामेछाप नगरपालिकाले आमाबाबु विहिन बालबालिकालाई भत्ता दिने

रामेछापको रामेछाप नगरपालिकाले आमाबाबु बिहिन बालबालिकालाई मासिक २ हजार भत्ता उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारबाट स्वीकृत आर्थिक बर्ष ०७९÷८० मा कार्यान्वयन हुने सशर्त कार्यक्रम अन्तर्गत प्रति बालबालिकालाई २ हजार का दरले भत्ता उपलब्ध गराईने नगरपालिकाले जनाएको छ ।

नगरपालिका भित्रका १८ बर्ष उमेर पुरा नभएका बालबालिका वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि वा नागरिकता भएमा नागरिकताको प्रतिलिपि, बाबु आमा दुबैको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि वा दुबै बेपत्ता भएका दुबैको संरक्षण र रेखदेखको बञ्चितमा परेको कागजात सहित निवेदन पेश गर्नु पर्ने छ ।

साथै, ५ बर्ष उमेर पुगेका बालबालिकाको हकमा बिद्यालयमा भर्ना भई नियमित बिद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफासिर पत्र, संरक्षकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र संबन्धित बालबालिकाको संरक्षण हो भनी वडा कार्यलयले दिएको सिफारिस पत्र लिएर आ आफ्नो वडा कार्यलयमा निबेदन पेश गर्न नगरपालिकाले सुचना मार्फत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार