रामेछापमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठवन्धनको उम्मेदवारहरुको अझै टुंगो लागेन

रामेछापमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठवन्धनको उम्मेदवारहरुको अझै टुंगो लागेन

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि रामेछापबाट गठवन्धनको उम्मेदवारहरुको अझै टुंगो लाग्न सकेको छैन । गठवन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) को करिव टुंगो लागेको छ भने प्रदेश सभाका लागि उम्मेदवारको टुंगो लागिसकेको छैन ।

प्रदेश क मा काँग्रेस माओवादी केन्द्र र समाजवादी तीनैको दावि रहेको छ । प्रदेश सभा ख मा भने माओवादी केन्द्रलाई गठवन्धनका अरु दलले छोडिसकेका छन् । उक्त क्षेत्रमा माओवादी केन्द्रका केन्द्रीय अनुसासन समितिका सदस्य धावा लामाले उम्मेदवारी पाउने चर्चा छ । नेकपा एमालेले भने प्रतिनिधिसभा सदस्य पदका लागि कैलाश प्रसाद ढुंगेललाई उम्मेदवार वनाउने भएको छ । यसैगरी प्रदेश सभा क मा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा बाग्मती प्रदेश सांसद शान्ति प्रसाद पौडेल र प्रदेशसभा ख मा मिलन घिसिङलाई उम्मेदवार वनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार