तामाकोशीमा बेपत्ता रामेछापका युवकको १७ दिनपछि शव भेटियो

तामाकोशीमा बेपत्ता रामेछापका युवकको १७ दिनपछि शव भेटियो

दोलखाको बिगु गाउँपालिका– १ लामानगरस्थित दुगड जलविद्युत आयोजनाको कामदार चढेको डुंगा तामाकोशीमा पल्टिँदा बेपत्ता भएका रामेछापका एक युवकको शव भेटिएको छ । साउन २३ गते जलविद्युत आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित ८ जना कामदार डुंगा चढेर गएका थिए ।

स्काभेटर मर्मत गरेर फर्किने क्रममा डुंगा रुखमा ठोक्किएर पल्टिँदा रामेछापको उमाकुण्ड गाउँपालिका–१ वाल्दिङ घर भई नासा हाइड्रोपावरको मिस्त्री काम गर्ने २७÷२८ वर्षका रमेश बस्नेत बेपत्ता भएका थिए ।उनको शव १७ दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सानु तामाङले जानकारी दिनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलास गर्ने क्रममा बुधबार विहान १० बजे शव भेटिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार