जनआकाश युवा पत्रकारीता पुरस्कार रामेछापका युवा पत्रकार राजन महतारालाई प्रदान गरिएको छ । मंगलबार आज नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादी काठमाडौमा भएको जनआकाश साप्ताहिकको १५ औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा युवा पत्रकार महतारा सम्मानित हुनुभएको हो ।
सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले युवा पत्रकार महतारालाइ सम्मान पत्र प्रदान गर्नुभयो । हजुरको रेडियो रामेछापका समाचार प्रमुख एवं कार्यक्रम उत्पादक,ईरामेछाप डटकम अनलाइनका संचालक तथा सम्पादक महतारालाई नेपाली पत्रकारीताको क्षेत्रमा लामो समयदेखि कृयाशिल रहि पत्रकारीता क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल रहेको भन्दै सम्मान गरिएको हो ।
पत्रकार मोहन कार्की सम्पादक र संचालक रहेको जनआकाश मिडिया प्रालीद्वारा प्रकाशित राष्ट्रिय साप्ताहिक जनआकाश साप्ताहिकले विभिन्न क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यतीहरुलाई सम्मान गरेको छ ।


 
				
							 
			 
                                     
                                     
                                     
                                     
                                     
                                    