लिखुतामाकोशी गाउँपालिकामा एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी कार्यशाला
रामेछापको लिखुतामाको गाउँपालिकामा सञ्चालित “एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला” सम्पन्न भएको छ । चाइल्ड नेटवर्क फाउण्डेशनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा २२ गतेदेखि शुरु भएको कार्यशाला शुक्रबार सम्पन्न भएको हो । लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतको अध्यक्षतामा “गर्दै गरौँ लगानी बाटो, कुलो, पुल, […]

