११२ औं बिपी जन्मजयन्तीको अवसरमा रामेछापमा बिरामीलाई फलफूल वितरण

पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२ औँ जन्मजयन्तीको अवसरमा रामेछापमा अस्पतालहरुमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । मंगलबार(आज) बिहान मन्थली स्थित बिपीको शालिकमा माल्यार्पण गरे पश्चात रामेछाप अस्पताल,मन्थली अस्पताल,तामाकोशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा वेड भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएकोे हो । नेपाली कांग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम) […]

रामेछापमा पनि जेन जी भनिने नवयुवा पुस्ताको प्रदर्शन

रामेछापमा पनि जेन जी भनिने नवयुवा पुस्ताहरुले प्रदर्शन गरेका छन । सोमबार काठमाण्डौँमा भएको प्रदर्शनमा १९ जनाको ज्यान जानेगरी राज्यले बर्बर दमन गरेको भन्दै यसको विरोधमा मन्थलीमा युवा पुस्ताले प्रदर्शन गरेका हुन । मन्थली बजारमा नेपालको झण्डा सहित प्लेकार्ड बोकेका युवाहरुले नारा लगाउँदै प्रदर्शन गरेका छन । सोमबार प्रदर्शनमा १९ जनाको ज्यान गएको छ भने […]

आधुनिकीकरणले रामेछापमा आरन पेशा लोप हुँदै

पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले रामेछापमा आरन लोप हुँदै गएको छ। विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको हो । राम्रो आम्दानी नहुने भएपछि युवाहरूले आरन पेशा छाड्दै गएका छन । युवाहरू पम्परागत पेशाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन । नयाँ […]

नियमित उडान नहुँदा रामेछाप विमानस्थल यतिबेला सुनसान

नियमित उडान नहुँदा रामेछाप विमानस्थल यतिबेला सुनसान छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पूर्वी क्षेत्र नजिक रहेको विमानस्थल अहिले हवाइ उडान नहुँदा सुनसान बनेको हो । पर्यटकीय समयमा सोलुखुम्बुको लुक्ला जान रामेछापको विमानस्थलबाट उडान भर्ने गरिन्छ । त्यसबेला त्रिभुवन विमानस्थल व्यस्त हुने भएकाले विदेशी पर्यटकलाई काठमाण्डौबाट सडकमार्ग हुँदै मन्थली पु¥याउने र त्यसपछि हवाइ सेवामार्फत सोलुको लुक्ला […]

भव्य समारोहका बिच रामेछाप नगरपालिका बालमैत्री घोषणा

रामेछापको रामेछाप नगरपालिका शनिबार एक भव्य समारोहका बिच बालमैत्री स्थानीय सुशासनयुक्त पालिका घोषणा भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नगरपालिकालाई जिल्लाकै दोस्रो र देशभरको २८ औँ बालमैत्री स्थानीय सुशासनयुक्त पालिका घोषणा गर्नुभयो । कार्यक्रममा बोल्नु हुँदै मख्य मन्त्री बानियाँले बालमैत्री पालिका घोषणा ठुलो उपलब्धि हो भन्दै यसको दिगोपनामा सबै पक्ष जुट्नुपर्ने बताउनुभयो । […]

शनिबार रामेछाप नगरपालिका बालमैत्री घोषणा हुँदै,सबै तयारी पुरा

रामेछापको रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । शनिबार हुने शनिबार समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । रामेछाप बजारको विभिन्न ठाउँहरुमा स्वागत गेट निर्माण गरिएको छ । बजार नकिकैको टुँडीखेलमा स्टेज तयार पारिएको छ । कार्यक्रमस्थललाई आकर्षक तरिकाले सजाइएको छ । कार्यक्रमको सबै तयारी पुरा भएको नगरपालिकाका […]

यहि भदौ २१ गते रामेछाप नगरपालिका बालमैत्री घोषणा हुँदै,तयारी तिव्र

रामेछापको रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । यसका लागी अहिले नगरपालिकाले तयारीलाई तिव्र बनाएको छ । बाल अधिकारको संरक्षण, प्रबर्धन र सहभागितालाई सुनिश्चित गर्दै नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न अहिले तयारी लगभग अन्तिम चरणमा पुगेको छ । मूल आयोजक समिति सहित १० वटा उपसमिति गठन […]

रामेछाप अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

रामेछाप अस्पतालमा जटिल प्रकारको शल्यक्रियामा पर्ने एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । रामेछाप नगरपालिका ८ का एक पुरुषको सोमबार सफल शल्यक्रिया गरिएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । अब एपेन्डिसाइटिस ,हाइड्रोशिल र हर्नियाको शल्यक्रिया रामेछाप अस्पतालमै हुने उहाँले बताउनुभयो । सर्जन डा. सुदत […]

रामेछाप नगरपालिका युवाप्रति बेवास्ता :

नेपालका अधिकांश स्थानीय सरकारजस्तै रामेछाप नगरपालिकाले पनि पछिल्ला वर्षहरूमा केही भौतिक संरचनाहरू निर्माण गरेको छ। घर-घरसम्म जोड्ने सडक, कार्यालय भवन, नक्सा पास प्रणाली अनलाइन गर्ने जस्ता सतही सुधार देखिए पनि मूल प्रश्न अझै उस्तै छ, युवाको भविष्य कहाँ छ? समृद्धि युवाशक्ति बिना सम्भव छैन तर रामेछाप नगरपालिकाको योजना निर्माण प्रक्रियामा युवाको सहभागिता शून्य छ। हरेक […]

रामेछाप नगरपालिकाको वडाहरुमा प्रारम्भिक बाल विकास समिति गठन हुँदै

रामेछापको रामेछाप नगरपालिकाको वडाहरुमा प्रारम्भिक बाल विकास समिति गठनको काम जारी छ । ९ वटा वडाहरु रहेको नगरपालिकाको वडा नं ८ र ९ मा समिति गठन भैसकेको रामेछाप नगरपालिकाका बाल विकास संयोजक सरोज श्रेष्ठले जानकारी दिनुभयो । बाँकी वडाहरुमा पनि क्रमश समिति गठनको कामलाई निरन्तरता दिईने उहाँले बताउनुभया । सम्बन्धित वडाका वडाअध्यक्ष,वडासदस्य,वडा सचिव,शिक्षक,महिला स्वास्थ्य स्वयमसेवीका,नागरीक […]