भव्य समारोहका बिच रामेछाप नगरपालिका बालमैत्री घोषणा

रामेछापको रामेछाप नगरपालिका शनिबार एक भव्य समारोहका बिच बालमैत्री स्थानीय सुशासनयुक्त पालिका घोषणा भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नगरपालिकालाई जिल्लाकै दोस्रो र देशभरको २८ औँ बालमैत्री स्थानीय सुशासनयुक्त पालिका घोषणा गर्नुभयो । कार्यक्रममा बोल्नु हुँदै मख्य मन्त्री बानियाँले बालमैत्री पालिका घोषणा ठुलो उपलब्धि हो भन्दै यसको दिगोपनामा सबै पक्ष जुट्नुपर्ने बताउनुभयो । […]

शनिबार रामेछाप नगरपालिका बालमैत्री घोषणा हुँदै,सबै तयारी पुरा

रामेछापको रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । शनिबार हुने शनिबार समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । रामेछाप बजारको विभिन्न ठाउँहरुमा स्वागत गेट निर्माण गरिएको छ । बजार नकिकैको टुँडीखेलमा स्टेज तयार पारिएको छ । कार्यक्रमस्थललाई आकर्षक तरिकाले सजाइएको छ । कार्यक्रमको सबै तयारी पुरा भएको नगरपालिकाका […]

यहि भदौ २१ गते रामेछाप नगरपालिका बालमैत्री घोषणा हुँदै,तयारी तिव्र

रामेछापको रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । यसका लागी अहिले नगरपालिकाले तयारीलाई तिव्र बनाएको छ । बाल अधिकारको संरक्षण, प्रबर्धन र सहभागितालाई सुनिश्चित गर्दै नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न अहिले तयारी लगभग अन्तिम चरणमा पुगेको छ । मूल आयोजक समिति सहित १० वटा उपसमिति गठन […]

रामेछाप अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

रामेछाप अस्पतालमा जटिल प्रकारको शल्यक्रियामा पर्ने एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । रामेछाप नगरपालिका ८ का एक पुरुषको सोमबार सफल शल्यक्रिया गरिएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । अब एपेन्डिसाइटिस ,हाइड्रोशिल र हर्नियाको शल्यक्रिया रामेछाप अस्पतालमै हुने उहाँले बताउनुभयो । सर्जन डा. सुदत […]

रामेछाप नगरपालिका युवाप्रति बेवास्ता :

नेपालका अधिकांश स्थानीय सरकारजस्तै रामेछाप नगरपालिकाले पनि पछिल्ला वर्षहरूमा केही भौतिक संरचनाहरू निर्माण गरेको छ। घर-घरसम्म जोड्ने सडक, कार्यालय भवन, नक्सा पास प्रणाली अनलाइन गर्ने जस्ता सतही सुधार देखिए पनि मूल प्रश्न अझै उस्तै छ, युवाको भविष्य कहाँ छ? समृद्धि युवाशक्ति बिना सम्भव छैन तर रामेछाप नगरपालिकाको योजना निर्माण प्रक्रियामा युवाको सहभागिता शून्य छ। हरेक […]

रामेछाप नगरपालिकाको वडाहरुमा प्रारम्भिक बाल विकास समिति गठन हुँदै

रामेछापको रामेछाप नगरपालिकाको वडाहरुमा प्रारम्भिक बाल विकास समिति गठनको काम जारी छ । ९ वटा वडाहरु रहेको नगरपालिकाको वडा नं ८ र ९ मा समिति गठन भैसकेको रामेछाप नगरपालिकाका बाल विकास संयोजक सरोज श्रेष्ठले जानकारी दिनुभयो । बाँकी वडाहरुमा पनि क्रमश समिति गठनको कामलाई निरन्तरता दिईने उहाँले बताउनुभया । सम्बन्धित वडाका वडाअध्यक्ष,वडासदस्य,वडा सचिव,शिक्षक,महिला स्वास्थ्य स्वयमसेवीका,नागरीक […]

रामेछाप नगरपालिका यहि भदौ २१ गते बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदै

रामेछापको रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुने भएको छ । बाल अधिकारको संरक्षण, प्रबर्धन र सहभागितालाई सुनिश्चित गर्दै नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न लागिएको उपप्रमुख बाल कुमारी कार्कीले बताउनुभयो । नगरपालिकाका ९ वटै वडा यहि जेठ २७ गते नै बालमैत्री वडा घोषणा भइसकेका छन्। वडास्तरमा शिक्षा, […]

मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रामेछापको मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ । बुधबार(आज) बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्नुभयो । बालबालिकाको सर्वाङ्गीण विकासका लागि मन्थली नगरले विगत दुई वर्षदेखि विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। नगरभित्रका सबै १४ वटै वडा गत जेठ २८ गते नै […]

रामेछापमा उद्योग तथा पसलहरुको संयुक्त अनुगमन, कैफियत भेटिएकामा जरिवाना र कारबाही

उद्योग तथा वाणिज्य कार्यालय मन्थली रामेछापको नेतृत्वमा विभिन्न सरोकारवाला निकायको संयुक्त टोलीले मन्थली बजार, सोमवारे हाट र लिखुतामाकोसी गाउँपालिका–५ धोवि बजारमा उद्योग तथा पसलहरुको अनुगमन गरेको छ । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय हेटौडा, नेपाल गुणस्तर तथा नापतौल विभाग जनकपुर, जिल्ला प्रशासन कार्यालय रामेछाप, […]

रामेछापमा योग अभ्यास गर्नेको सङ्ख्या बढ्दै

रामेछापमा स्वस्थ रहनका लागि योगको महत्व बढ्दै गएको छ । विभिन्न कारणले मानिस अस्वस्थ हुने क्रम बढेसँगै योगतर्फको आकर्षण अझ बढेको हो । रामेछापमा स्वस्थ जीवनशैली र तनाव व्यवस्थापनका लागि योग साधना केन्द्रमा दैनिक योग गर्न जानेको सङ्ख्या बढिरहेको छ । विशेष गरी बजार क्षेत्रका नागरिक योग अभ्यासका लागि साधना केन्द्रहरूमा पुग्ने गरेका छन् । […]