रामेछापको मन्थली नगरपालिका–४ को वडा कार्यालय भवन उद्घाटन

रामेछाप जिल्लाको मन्थली नगरपालिका–४ मा निर्माण सम्पन्न भएको वडा कार्यालय भवनको बिहीबार (आज ) एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले रिबन काटेर भवन उद्घाटन गर्नुभयो । स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उपस्थितिमा उक्त भवनको उद्घाटन गरिएको हो। स्थानीय सरकार संचालनमा आएपछि बल्ल यो वडाले आफ्नै भवन पाएको हो । नवनिर्मित वडा […]

रामेछापको फुलासीमा ट्रक दुर्घटना,२ जना घाईते

रामेछापको मन्थली नगरपालिका १३ फुलासीमा ट्रक दुर्घटना भएको छ । मंगलबार(आज) बिहान करिब ११ः३० बजेको समयमा भएको सो दुर्घटनामा २ जना घाईते भएका छन । मिल्तीबाट फुलासी तर्फ जाँदै गरेको बा ४ ख ७५३७ नम्बरको खालि ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । ट्रक सडकमै पल्टिएको हो । दुर्घटनामा चालक मन्थली ९ का […]

रामेछाप अस्पतालमा पहिलो पटक हड्डी भाँचिएको सफल शल्यक्रिया

रामेछाप अस्पतालमा पहिलो पटक हड्डी भाँचिएको सफल शल्यक्रिया गरिएको छ । सोमबार(आज) दुई जना बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पताल प्रशासनले जनाएको छ । मन्थली नगरपालिका ६ कि ६३ वर्षीया बिमला कामीको खुट्टाको हड्डी भाचिएकोलाई स्टिल हालिएको हो । यसैगरी रामेछाप नगरपालिका ७ कि ३५ वर्षीया सावित्रा खड्का कार्कीको रड निकाल्ने कार्य गरिएको हो । अस्पतालका […]

मन्थली नगरपालिकाको वित्तीय प्रगति १८ प्रतिशत

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म अर्थात पहिलो चौमासिक अबधिसम्म १८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । शुक्रबार(आज) मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्र्षी सापकोटाले यो आ.वको पहिलो चौमासिक अवधिसम्म संचालन भएका विकास निर्माण तथा सेवा प्रवाहको बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार कुल १ अर्ब ४ करोड […]

रामेछाप अस्पतालमा फिजियोथेरापी सेवा सुरु हुँदै

रामेछाप अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा सुरु हुने भएको छ । अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनमा आएपछि हाडजोर्नी, मांसपेशी, स्नायु तथा दुर्घटनाबाट प्रभावित बिरामीहरूलाई उपचार सेवा उपलब्ध हुने भएको हो । लामो समयदेखि फिजियोथेरापी उपचारका लागि सदरमुकाम मन्थली जानुपर्ने बाध्यता हटाउने उद्देश्यले सेवा सुरु गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । फिजियोथेरापी सेवाका […]

रामेछाप बजार तत्कालै कालोपत्रे हुने,घर टहरा भत्काउन वडाकार्यालयको १५ दिने सूचना

रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजारको सडक अब भने तत्कालै कालोपत्रे हुने भएको छ । सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजना अन्तर्गत पर्ने यो सडकको मापदण्ड क्षेत्र भित्रपर्ने घर टहरा भत्काउन मुआब्जा वितरण भैसकेको छ । बजार क्षेत्रमा भत्किने घरहरुकोे मुआब्जा वितरण भैसकेको तर रकम लिएर पनि घर नभत्काएपछि वडा कार्यालयले अन्तिम पटक १५ […]

मन्थलीमा देउरालीका एक पुरुषको शव फेला

रामेछापको मन्थली नगरपालिका १ रणजोर खोला नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बुधबार(आज) विहानै उनको शव फेला परेको रामेछाप प्रहरीले जानकारी दिएको छ । मृतक रामेछाप नगरपालिका २ का जयबहादुर रैकामगर रहेको खुलेको छ । रैकामगर मन्थलीमा नै बसोवास गर्दै आएका थिए । प्रहरीले उनको मृत्यूको बारेमा अनुसन्धान अघी बढाएको छ । […]

उमाकुण्ड गाउँपालिकाले निशुल्क शिक्षक सेवा तथा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

रामेछापको उमाकुण्ड गाउँपालिकाले निशुल्क शिक्षक सेवा तथा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । आफ्ना नागरिकलाई सरकारी जागिरे बनाउन निशुल्क तयारी कक्षा सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले जानकारी दिनुभयो । पालिकाले शिक्षक सेवा तथा लोकसेवा आयोगको परीक्षामा सहभागी हुन इच्छुक नागरिकलाई लक्षित गरी निशुल्क तयारी कक्षा सञ्चालन गर्नेछ । पालिकाको नागरिकहरुलाई […]

रामेछापमा लैङ्गिक हिंसाको घटनामा कमी आउन सकेन

रामेछाप जिल्लामा लैङ्गिक हिंसाविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आए पनि घटनामा अपेक्षित कमी आउन नसकेको देखिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित हिंसाका घटनाहरू अझै पनि निरन्तर रूपमा उजुरीका रूपमा आउने गरेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घरेलु हिंसा, मानसिक तथा शारीरिक दुव्र्यवहार, जबर्जस्ती करणी, बालविवाह तथा लैङ्गिक विभेदसँग सम्बन्धित उजुरीहरू पछिल्ला […]

गाउँमै सबै सेवा एकैपटक पाउँदा गोठगाउँबासी हर्षित

रामेछापको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ भौगोलिक हिसाबले नगरको विकट वडा हो । नगरपालिकाको केन्द्रबाट टाढा रहेको गोठगाउँका नागरीकलाई पालिकाको सेवा लिन आउन निकै टाढा पर्छ । यहि समस्यालाई मध्येनजर गर्दै नगरपालिकाले बुधबार गोठगाउँमै पुगेर घुम्ती शिविर सहितको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । नगरपालिकाबाट प्रवाह हुने अधिकांश सेवाहरु गाउँमै पुगेर प्रदान गरिएको हो […]