स्थानीय रैथाने तथा अर्गानिक उत्पादनको विक्रिका लागी हाट बजार

सिन्धुलीको सुनकोशी गाँउपालिका –५ रामटारमा आजदेखि हाट लाग्न सुरु गरेको छ । गाउँपालिकाले स्थानीय रैथाने तथा अर्गानिक उत्पादनको खरिद विक्रिका लागी हाट बजारको व्यवस्था गरेको हो । हरेक हप्ताको बुधबार हाट लाग्ने गरी सबै व्यवस्थापन गाउँपालिकाले मिलाएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । पालिकाका कृषकहरुले उत्पादन गरेको स्थानीय रैथाने तथा अर्गानिक चिज वस्तुहरु हाटमा […]

बेसाहारा मन – कविता

खै हेरन त्यहाँ अलि पर सपनाहरूको सन्सारमा देखेउ नि सबै कुराहरू लथालिङ्ग अनि बेसाहारा छन अबोध ,अनाथ भइ रोइरहेको देख्छौ सपनाको हत्यारा त म नै हो जस्लाई न मैले फुल्ने मौका दिए न फक्रीन मद्दत गरि सुगन्धित छर्न नै ! न कसैले तिमी सक्छौ गर भनेर साथ नै दिए अब भन दोष कस्लाई दिउ अनि […]

शान्ति माया सुनुवारले पाइन् ७६ वर्षको उमेरमा नेपाली नागरिकता

रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीकी शान्ति माया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरीकता पाउनुभएको छ । २००५ सालमा जन्मनुभएकी सुनुवारले बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछापबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । साबिकको भुजी गाउँ विकास समितिको वडा नं ७ की सुनुवारले नागरिकताका लागि यस अघि पनि प्रयास गर्नुभएको थियो । तर सनाखतमा तिन पुस्ते कोही […]

सोममायाको मेहनतले लोभलाग्दो कमाई,बस्न सबै परिवार रमाई

रामेछापको मन्थली नगरपालिकाको कार्यालय जाने बाटोमै छ सोममाया नेपालीको न्यु धागो पसल । उनको पसलमा सिलाईकटाई सम्बन्धी सम्पूर्ण सामानहरु पाईन्छ । १० वर्ष देखि सिलाईकटाईको सामान विक्री गर्नुको साथै उनले अहिले विगत २ वर्षदेखि आफ्नो सिपलाई पनि बेचीरहेकी छिन् । उनलाई हरेकपटक भेट्न जाँदा सिलाई मेसिन चलाईरहेको अवस्थामा मात्र भेटिन्छ । उनले पहिला कपडा ह्यान्ड […]

सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनाको लापर्वाहीले करडौँको खेत बगायो

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्म गरी करिब ५० किलोमिटर दुरीमा रहेको निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनको लापर्वाहीले करडौँको धान खेत बगाएको छ । रामेछाप नगरपालिका वडा नं २ र ३ को सिमाना भएर बग्ने खोलालाई नै थुनेर आयोजनाले माटो थुपारिदिँदा खोलाले माटो सहितको लेदो बगाउँदा धान खेत नै बगाएको हो । कलचुँडे खोला,देवीथान […]

रामेछापको नागदह भालुखोपमा पहिरोले ६ घरमा क्षति

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ५ नागदह भालुखोपमा गएरातिको अविरल वर्षाले ६ घरमा क्षति पुगेको छ । घरमाथिको डिलबाट खसेको पहिरोले ६ घरमा क्षति पुगेको स्थानिय प्रेम कुमार बुढाथोकीले जानकारी दिनुभयो । राति अन्दाजी ९/१० बजेको समयमा खसेको पहिरोले घरहरु क्षति गरेको र केही पशु चौपाया समेत पुरिएको उहाँले बताउनुभयो । पहिरोले २ घरमा […]

रामेछापको धोवीमा पहिरोले एक घरमा क्षती

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ३ धोबीमा गएरातिको वर्षाले एक घरमा क्षती पुगेको छ । सहदेव खड्काको तीन जना परिवार बस्दै आएको घर आज बिहानै पहिराले पुरिएको हो । घरमाथिको कान्ला भत्किएर घरमा क्षती भएको भए पनि कुनै मानविय क्षती भने नभएको बताइएको छ । घरसहित धनमाल भने पहिरोमा पुरिएरको छ ।

रामेछापको उमाकुण्ड गाउँपालिकामा बन्यो ५ शैयाको अस्पताल,दशैँ अघि नै संचालनमा आउने

रामेछापको उमाकुण्ड गाउँपालिकाले ५ शैयाको अस्पताल यो वर्षको दशैँ अगाडि नै सञ्चालन गर्ने तयारी गरेको छ । जिल्लाकै दुर्गम मानिने उमाकुण्ड गाउँपालिकामा यस्तो सुविधा सम्पन्न अस्पताल सञ्चालन हुने भएपछि उमाकुण्ड गाउँपालिकावासी खुसी भएका छन् । जिल्लाकै दुर्गम ठाउँ मानिने प्रीतिमा एमबीबीएस डाक्टर सहितको सुविधा सम्पन्न अस्पताल सञ्चालन हुने कुराले सिङगो उमाकुण्ड गाउँपालिकावासी धेरै खुसी भएको […]

रामेछाप नगर साँस्कृतिक कलाकार समाजको अध्यक्षमा फिन्जु पाख्रिन,११ सदस्य कार्यसमिति विस्तार

रामेछाप नगर साँस्कृतिक कलाकार समाजको अध्यक्षमा फिन्जु पाख्रिन चयन हुनुभएको छ । शनिबार काठमाण्डौँमा भएको पहिलो अधिवेशनबाट पाख्रिनको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरिएको हो । रामेछाप नगर साँस्कृतिक कलाकार समाजका अध्यक्ष नवीन पुलामी मगरको अध्यक्षतामा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा डि वि लामा,सचिवमा सूर्य क्याप्छाकी मगर,सहसचिवमा देव लामा,कोषाध्यक्षमा […]

ईरामेछापमा प्रकाशित समाचारको प्रभावःवन निर्देशनालयले थाल्यो छानबिन

ईरामेछाप डटकम अनलाईन समाचार पोर्टल तथा विभिन्न छापा माध्यमबाट प्रकाशित ‘डिभिजन वन कार्यालय रामेछापका डिएफओ र खयरका ठेकेदारबीचको अवैध लेनदेन’का विषयमा प्रकाशित समाचारको प्रभाव देखिन थालेको छ । केही समयअघि डिभिजन वन कार्यालय रामेछापका डिएफओ र खयरका ठेकेदाले घुस लेनदेन गरेर अवैध रुपमा खयरको कारोबार गरेका विषयलाई समेटेर ईरामेछाप अनलाईन सहित जिल्लाका केही आमसञ्चार माध्यमले […]