रामेछापमा प्रत्यक्ष र समानुपातिक दुबैमा रास्वपा पहिलो
रामेछापमा प्रत्यक्ष र समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रामेछापमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ रास्वपा पहिलो र एमाले दोस्रो दल बनेको हो। समानुपातिकमा रास्वपाले २७ हजार ५७० मत, एमालेले १५ हजार ६७३, कांग्रेसले १४ हजार ३८३, नेकपाले १२ हजार ४० मत प्राप्त गरेका छन्। उज्यालो अर्थात् राष्ट्रिय परिवर्तन […]

