रामेछाप नगरपालिकाको ९ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

रामेछापको रामेछाप नगरपालिकाको ९ वटै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार(आज) रामेछाप नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई प्रमाण पत्र वितरण गरिएको हो । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्नुभयो । यसका लागी लागिपर्ने सम्पूर्णमा उहाँले धन्यवाद समेत व्यक्त गर्नुभयो […]

हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित युवा हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ परेका छन् । रामेछापको सुनापती गाउँपालिका ४ घर भइ काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ बस्ने २९ वर्षीय प्रविण तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–६ का २९ वर्षीय दिपेन्द्र भुजेल, सर्लाहीको बाग्मती गाउँपालिका–३ घर भइ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक […]

सहकारी संचालकहरुलाई क्षमता विकास तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम सोमबार (आज) सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर व्यवस्थित रुपमा सहकारी चलाउन आग्रह गर्नुभयो । सहकारी संचालकहरुको मागको आधारमा नगरले योजना तथा कार्यक्रम तयार गर्ने उहाँको भनाई […]

सुनकोशी नदीमा माछा मार्ने क्रममा रामेछापका पुरुष बेपत्ता

सुनकोशी नदीमा माछा मार्ने क्रममा रामेछापका एक पुरुष बेपत्ता भएका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ९ का वर्ष अन्दाजी ५० का कृष्ण बहादुर भुजेल नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका हुन । आईतबार दिउँसो २ः३० बजेको समयमा नदीमा माछा मार्न गएका भुजेल नदीमा डुबेका हुन । उनको खाजी कार्य जारी रहेको वडा नं […]

रामेछाप नगरपालिकामा सहकारी संचालकहरुलाई क्षमता विकास तालिम

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम आईतबार(आज)बाट सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीको प्रमुख आतिथ्यता र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रवक्ता कार्कीले सहकारीहरु निती र विधिमा […]

आत्मपीडा- कविता

यो हिरासतभित्र म छु कैद भएर कैँयौ समय मेरो इन्द्रीयहरुलाई निश्क्रिय र उत्तेजनाहीन यो स्थितिबाट कुनै बाटोहरुमा साघुँरो गोरेटोमा अटाइनअटाई हिँडिरहेको मेरो पाइतालालाई फगत निरीहताको सम्पूर्ण परिभाषामा हिर्काउँदै असत्यबीच मुक्त गर्न चाहन्छु मुर्खहरुबीच चुपचाप बाँच्नु असत्यहरुबीच मौनता साँध्नु मेरो मस्तिष्क दुस्वप्न भइरहेको छ जिन्दगीलाई समाधितिर धकेलिरहनु थुप्रै समाधि क्षणहरुको वरण गर्दै बाँच्नु शब्दहरुको झिरले घोचेर […]

दोरम्बा शैलुङ गाउँपालिकामा कालोपत्रे सडक छैन : अध्यक्ष मोक्तान

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका जिल्लाको सुन्दर अनि प्रकृतिले दिएको वरदान हो भन्दा फरक नपर्ला । सुन्दर सय थुम्का शैलुङ यहि पालिकामा पर्छ । धार्मिक,सांस्कृतिक,प्राकृतिक र ऐतिहासिक रुपमा यो पालिका अब्बल छ । आफैमा सुन्दर यो पालिकालाई अझै सुन्दर बनाउन के कस्तो कामहरु भैरहेका छन ? पालिकामा भैरहेको विकास र परिवर्तनमा रहेर गाउँपालिकाका अध्यक्ष मैन कुमार […]

रामेछापका स्थानिय तहहरुको बेरुजू : मन्थली कम,गोकुलगंगा बढी

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनले रामेछापको मन्थली नगरपालिकामा सबैभन्दा कम बेरुजू देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनले जिल्लाको ८ वटा पालिकाहरुमध्ये मन्थली नगरपालिकाको बेरुजू कम र गोकुलगंगा गाउँपालिकाको बेरुजू बढी देखाएको हो । प्रतिवेदन अनुसार मन्थली नगरपालिकाको बेरुजू ७४ लाख १ हजार अर्थात ०.३४ प्रतिशत रहेको छ । रामेछाप […]

रामेछाप साँघुटारका ७५ घरधुरीलाई हिलटेक वितरण

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ३ साँघुटारले यहि समस्यालाई बुझेर हिलटेक वितरण गरेको छ । वडाको नेवार टोल,खड्का टोल र महत टोलका ७५ घरधुरीलाई हिलटेक वितरण गरिएको वडाअध्यक्ष दल बहादुर प्रधानले बताउनुभयो । वडा कार्यालयले एक घर […]

रामेछाप नगरपालिका यहि जेठ महिनाभरीमै बालमैत्री घोषणा हुँदै

रामेछापको रामेछाप नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । यहि जेठ महिनाभरीमै नगरपालिकालाई बालमैत्री घोषणा गर्ने गरी कामहरु भैरहेको नगरपालिकाका महिला विकास निरिक्षक सरिता बुढाथोकीले बताउनुभयो । बुधबार(आज) बालमैत्री स्थानिय शासन अवस्था सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा महिला विकास निरिक्षक बुढाथोकीले हालसम्म भएको प्रगती विवरण प्रस्तुत गर्नुभयो । नगरपालिकाले ४ वर्षअघिदेखी बालमैत्री नगर घोषणाको […]