रामेछापमा राष्ट्रिय वृक्षारोपण दिवस मनाइयो

रामेछापमा राष्ट्रिय वृक्षारोपण दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । दिवसको अवसरमा रामेछाप अस्पताल परिशरमा विभिन्न प्रजातीका वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय रामेछाप र र भू तथा जलधार व्यवस्थापन कार्यालय रामेछापको आयोजनामा वृक्षारोपण दिवस मनाइएको हो । अस्पताल परिशरमा विभिन्न प्रजातीका एक सय भन्दा बढी विरुवा रोपिएको डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशंकर […]

रामेछापका ८ वटै स्थानिय तहहरुको नीति कार्यक्रम तथा बजेट सार्वजनिक

असार १० गतेभित्र बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार रामेछापका ८ वटै स्थानिय तहहरुले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन । जिल्लाका २ नगरपालिका र ६ वटै गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले नगर सभाको १७ […]

यस्तो छ रामेछापको लिखुतामाकोशी गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको १५ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष केशव महतले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष महतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा हालसम्म गाउँपालिकाको करको दायरामा नआएको ढुङ्गा,गिट्टी,वालुवा,स्लेट, ढुङगा, खरी लगाएत खनिज जन्य बस्तुको निकासिलार्ई करको दायरामा ल्याईने […]

गोकुलगंगा गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औँ गाउँसभा अधिवेशनमार्फत अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। यस वर्ष गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तय गरेको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको […]

रामेछापको गोकुलगंगा गाउँपालिकाका उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

रामेछापको गोकुलगंगा गाउँपालिकाले १७ औँ गाउँसभा तथा अधिवेशनको अवसरमा कक्षा ५ र ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई दोसल्ला ओढाएर, कदरपत्र र नगद सहित सम्मान गरेको छ । उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप सम्मान गर्नुका साथै उनिहरुलाई मार्गदर्शन गर्ने शिक्षकहरूलाई समेत कदर पत्र सहित सम्मान गरिएको हो । पालिका स्तरको परीक्षामा उत्कृष्ट नतिजा दिन […]

रामेछापको उमाकुण्ड गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

रामेछापको उमाकुण्ड गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मङ्गलवार सम्पन्न भएको उमाकुण्ड गाउँपालिकाको १८ औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, खेलकुद, पुर्वधार, पर्यटन, सामाजिक विकास लगायतका क्षेत्रलाई प्राथमिकता […]

निर्माण सम्पन्न हुनै लाग्दा भत्कियो पुल

रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ कुनाउरीदेखि वडा नं ७ भटौलीको ठेडिखोलासम्म तामाकोशी नदीमाथि निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ। स्थानीयका अनुसार मन्थली–७ मुगिटार नजिक आइतबार बिहान निर्माणाधीन पुलको एक स्ल्याब पूर्णरुपमा भत्किएर तल झरेको हो। यसअघि गत वैशाख २६ गते पनि सोही स्ल्याबमा क्षति पुगेको थियो, जसको मर्मत कार्य भइरहेको थियो। २०७८/७९ मा सडक […]

सुनापति गाउँपालिकाको आ.व. २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार(आज) गाउँ सभाको १८ औँ अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा एग्रो टुरिजम र ईको टुरिजमलाई व्यवस्थित गरिने, बाँझो जमिन उपयोग गर्न कम्तीमा १०० देखि ५०० रोपनी सम्मको जमिनमा व्यावसायिक खेती […]

गोलन्जोरको नीति तथा कार्यक्रम सार्वजनिक,वडाअध्यक्षले लेखे नोट अफ डिसेन्ट

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार(आज) १७ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष शंकर राज बरालले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । कृषि तथा पशुपंक्षी,पर्यटन,उद्योग तथा वाणिज्य,सहकारी,शिक्षा,युवा तथा खेलकुद,स्वास्थ्य तथा आयूर्वेद,खानेपानी तथा सरसफाई,महिला बालबालिका तथा जेष्ठ नागरीक,कला तथा संस्कृति प्रवद्र्धन,सडक तथा पुल,सिँचाई भवन तथा सहरी विकास लगायतको […]

सेती देवी मावी सालुले मनायो ६५ औ बार्षिक उत्सब

रामेछापको मन्थली नगरपालिका ४ मा रहेको सेती देवी माध्यमिक विद्यालय सालुले आफ्नोस्थापनाको ६५ औ बार्षिक उत्सब शुक्रवार बिबिध कार्यक्रम गरि मनाएको छ । मन्थली नगरपालिकाका निवर्तमान नगर प्रमुख रमेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको बार्षिकउत्सवमा बिद्यालयको बिकासमा योगदान गर्ने,  उत्कृष्ट कार्य गर्ने शिक्षक शिक्षिकालाई सम्मानगर्नुका साथै उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । बार्षिक […]