यस्ता छन जिल्ला विपद व्यवस्थापन समिति रामेछापको निर्णयहरु

जिल्ला विपद व्यवस्थापन समिति रामेछापको बैठक बसेको छ । यहि चैत्र ८ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा बैठक बसेको हो । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न २१ बुँदे निर्णय गरेको छ । यस्ता छन निर्णयहरु :  १. हालसम्म भएका निर्णयहरूको कार्यान्वयनको अवस्थाका सम्बन्धमा समीक्षा गरियो […]

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने रामेछापकी एक सहित ५ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा रामेछापकी एक महिला सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ,काठमाडौं कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही […]

रामेछापको माकादुममा सुमो दुर्घटना,६ जना घाईते

रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार(आज) बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ। खाँडादेवी–७ बाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उहाँहरूलाई तत्काल थप उपचारका लागि काठमाडौँ पठाइएको छ। गम्भीर घाइते हुनेहरूमा अन्दाजी ६० […]

माकुराहरु – कविता

_ कवि नवीन गाउँले  माकुराहरु आफ्नै जननिका हत्याराहरु हुन् जस्ताे कि क्रुरतापूर्वक फ्याँकिरहन्छ जाल र पारिरहन्छ सिकार तपाईं पत्याउनुस् या नपत्याउनुस् याे चाहिँ साँचो हाे माकुराहरुले शुरु गरेकाे त्यही सभ्यताको प्रारम्भ आज बहुरङ्ग प्रयाेगशालामा प्रयाेग गरि हिँडेकाछन् मानिसहरू ठीक यही समय माकुराहरुले जस्तै मानिसहरु कङ्क्रिटका पञ्जामा समातिएका शीत लहरहरुमा शीतयुद्ध लड्दै छन् गान्धीवादकाे खिलाफमा वा […]

सिन्धुलीमा भएको मोटरसाइकल दुर्घटनामा रामेछापका एक पुरुषको मृत्यु

सिन्धुलीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा भएको दुर्घटनामा रामेछापका एक पुरुषको मृत्यु भएको छ । बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका–६ घुमाउने चैनपुरमा गएराति चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२–०२७ प ११०० र सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.३–०२–०१४ प ८३६० नम्बरको २२० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनामा प्रदेश ३–०२–०१४ प ८३६० नम्बरको मोटरसाइकल चालक रामेछापको मन्थली […]

ओखलढुङ्गाको पलापुमा रामेछापका एक पुरुषको शब फेला

ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका १ पलापुमा बुधबार दिउँसो एक पुरुषको सब फेला परेको छ । उक्त शव रामेछाप जिल्ला रामेछाप नगरपालिका ५ कोलन्जोरघाट बस्ने अन्दाजी ५५ वर्षीय मङ्गलबहादुर माझीको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । सुनकोशी नदीको बीच भागमा ढुङ्गामा अड्कि घोप्टोपरि मृत रहेको अवस्थामा माझीको […]

बागमती प्रदेशको पुँजीगत खर्च ज्यादै न्यून

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको ८ महिनामा १७.१२ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले गएको साउनदेखि फागुनसम्ममा कुल बजेटको २२.३१ प्रतिशत खर्च गरेको हो । जसमा चालुतर्फ ३०.५६ प्रतिशत र पुँजीगततर्फ १७.१२ प्रतिशत बजेट खर्च भएको मन्त्रालयका अधिकृत सुरज पौडेलले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष […]

रामेछापमा घर फोडी चोरी गर्ने दुई जना पक्राउ

रामेछाप — घर फोडेर नगद, सुन तथा ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनापति गाउँपालिका–४ का २९ वर्षीय आटी तामाङ र सोही स्थानका करिब ३७ वर्षीय फेमस तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा शैलुङ गाउँपालिका–७ खापुस्थित डिलकुमारी तथा बमबहादुर नगरकोटीको घरमा कोही नभएको मौका छोपी ढोकाको […]

७५.०७ अंक सहित मन्थली नगरपालिका जिल्लामै प्रथम

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा आर्थिक वर्ष २०८१/०८२ मा स्थानीय तहहरूले सम्पादन गरेका गतिविधिहरूको मूल्याङ्कनमा रामेछापको मन्थली नगरपालिका जिल्लामै प्रथम भएको छ । आयोगले १७ वटा सूचकका आधारमा गरेको अन्तिम मूल्याङ्कन अनुसार मन्थली नगरपालिकाले ७५.०७ अंक प्राप्त गर्दै रामेछाप जिल्लाका आठ वटा स्थानीय तहहरूमध्ये पहिलो स्थान हासिल गरेको हो । मूल्याङ्कनको नतिजा अनुसार रामेछाप […]

रामेछापमा ७ उम्मेदवारले १०० मत पनि कटाउन सकेनन्

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापका ७ उम्मेदवारले १०० मतसमेत कटाउन सकेनन्। एक मात्रै निर्वाचन क्षेत्र रहेको रामेछापमा ३ स्वतन्त्रसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। निर्वाचन परिणामअनुसार मंगोल नेशनल पार्टीका विनोद घिसिङ र नेपाल मजदुर किसान पार्टीकी केशरी श्रेष्ठले समान ५६ मत प्राप्त गरेका छन्। नेशनल रिपब्लिक नेपालका यमबहादुर मोक्तानले ७५ मत पाउँदा […]