रामेछापको भंगेरी धारापानीमा पोखरीमा डुबेको अवस्थामा वृद्धको शव फेला

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरी धारापानीमा पोखरीमा डुबेको अवस्थामा एक वृद्धको शव फेला परेको छ । सोही वडाको बाबियाखर्क घर भएका वर्ष ६७ को रामकृष्ण बुढाथोकी मृत अवस्थामा फेला परेका हुन । पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी रामेछाप डाँडाका अनुसार बिहिबारदेखी मृतक परिवारको […]

रामेछापको बोलङ्ग बोलङ्गमा माघि पर्व मेला

रामेछापको रामेछाप नगरपालिका वडा नं ४ बोलङ्ग बोलङ्गमा माघि पर्व मेला कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल मगर संघ वडा समितिले एक कार्यक्रमको आयोजना गरी माघि पर्व मेला कार्यक्रम गरेको हो । मगर समुदायको बाहुल्यता रहेको बोलङ्ग बोलङ्गमा हरेक वर्ष विभिन्न कार्यक्रमहरु गरी माघि पर्व मेला गरिदै आएको छ । यस वर्ष पनि विभिन्न […]

माघे संक्रान्ति घिउ, चाकु, तरुल र पिडालु

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि बिभिन्न भेग र समुदायमा बिभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई […]

लोकतन्त्र, सामाजिक सञ्जाल र अभिव्यक्ति स्वतन्त्रता

डा.केदार कार्की इन्टरनेट अघि, टेलिभिजन च्यानलहरू र रेडियो फ्रिक्वेन्सीहरू जस्ता यसको सक्षम पूर्वाधारहरूमा पहुँच सीमित गर्ने बाधाहरूको कारण केही खेलाड़ी हरू सार्वजनिक बहसमा भाग लिन सक्षम थिए। डिजिटल प्लेटफर्महरूले प्रयोगकर्ता–उत्पन्न सामग्रीको लागि खुला अनलाइन समुदायहरू सिर्जना गरेर यो ढोका तोड्यो, सम्पादकीय नियन्त्रण बिना र कुनै शुल्क बिना प्रकाशित हुन थाल्यो । यसले सार्वजनिक छलफलमा सहभागिता […]

देशभक्ति र नैतिकता सहितको उत्पादनमूलक शिक्षा विधेयक कहिले ?

देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ । बदलिँदो राजनीतिक व्यवस्था अनुसार शिक्षामा पनि समय सापेक्ष परिवर्तन हुनु अनिवार्य छ । नेपालमा २०४६ सालको जनआन्दोलनबाट निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्था स्थापना भई दक्षिण एसियाकै उत्कृष्ट संविधानमा राजालाई पनि राखियो । वि सं २०५२ बाट सुरु भएको […]

रामेछाप अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाह : १ सय ४५ जनाले लिए सेवा

रामेछाप अस्पताल रामेछापमा आइतबार(आज) भएको विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाहमा १ सय ४५ जनाले सेवा लिएका छन । मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा दिएका हुन । मुटु रोगका ६० जना,स्त्री रोगका ३५ जना र नाक कान तथा घाँटी रोगका ५० जना बिरामीले सेवा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. […]

सातौँ रास्ट्रपति रनिङ शिल्डको उपाधी गौरीशंकर माविले जित्यो

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद”भन्ने मुल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा शुक्रबारदेखि सुरु भएको सातौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा २७ स्वर्ण, २३ रजत र […]

चालु आ.व.को हालसम्म मन्थली नगरपालिकाको वित्तीय प्रगति २७.९९ प्रतिशत

रामेछापको मन्थली नगरपालिकाको १६ औं नगरसभा (शुक्रबार) आज सम्पन्न भएको छ । मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको नगर प्रमुख लव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नगरसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै यो अवधिमा पुँजीगत खर्च ९ प्रतिशत मात्रै भएको बताउनुभयो । चालु आर्थिक वर्षका लागि नगरपालिकाको एक […]

मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा बोहरा चयन 

मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा सुमन बोहरा चयन हुनुभएको छ । आज मन्थलीमा भएको अधिवेशनबाट बोहराको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा मोहन कुमार सुनुवार,सचीवमा राजु विक्रम बस्नेत,कोषाध्यक्षमा दुर्गा रोका,सदस्यहरुमा क्रमशः भवानी खड्का,सुविना केसी,लाल बहादुर माझी,केसरी थापा मगर र लेख बहादुर श्रेष्ठ चयन हुनुभएको हो ।  

रामेछाप नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार (आज)देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि खड्काले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग […]