पत्रकार रजकको परिवारलाई रामेछापका पत्रकारहरुको आर्थिक सहयोग

राजावादीहरुले आव्हान गरेको आन्दोलनको क्रममा काठमाडौंको तिनकुनेमा रिपोटिङ गर्दै गर्दै गर्दा आगो लगाएर मारिएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकका परिवारलाई रामेछापका पत्रकारहरुले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । श्रमजिवि पत्रकार मारिदा निजसंग आश्रित परिवारजनलाई आर्थिक रुपमा पर्ने संकटमा थोरै भएपनि मलमपट्टी लगाउने उद्धेश्यले उक्त रकम उपलव्ध गराईएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक […]

रामेछाप नगरपालिका–७ सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्ष २०८१/८२ को दाश्रो चौमासिक अवद्यिसम्म संचालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार (आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका सचिव अम्बिका कार्कीले जानकारी गराउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी […]

रामेछाप अस्पतालमा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित बिरामी बढे

केहिदिनदेखी बढेको वायु प्रदूषणका कारण रामेछाप अस्पतालमा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित बिरामी बढेका छन । अस्पतालमा दैनिक एक सय बढी बिरामी उपचारका लागि आउने गरेका छन । ति मध्ये २० देखी २५ जना बिरामी श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएर आउने गरेको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा वेड भर्ना भएका बिरामीहरुमध्ये अधिकांश दम र निमोनियाका बिरामीहरु रहेका […]

आगामी आ.व २०८२/८३ को लागि रामेछाप जिल्लाले १ अर्ब ६६ करोड रुपैयाँ बजेट पाउने

आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रामेछाप जिल्लाले १ अर्ब ६६ करोड रुपैयाँ बजेट पाउने भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको स्थानीय तहलाई दिने राजश्व बाँडफाँट तथा वित्तीय समानीकरणको अनुमानित विवरण अनुसार रामेछाप जिल्लाले उक्त बजेट पाउने भएका हुन् । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार रामेछापका स्थानीय तहले १ अर्ब ६६ करोड […]

रामेछाप सैपुको एक घरमा आगलागी

रामेछापको लिखु तामाकोसी गाउँपालिका २ सैपुको एक घरमा आगलागी भएको छ । शुक्रबार साँझ करिब ५/६ बजेको समयमा लागेको आगोले घर पूर्ण रुपमा जलेर नस्ट भएको हो । सैपुस्थित गोविन्द सुनुवारको घरमा लागेको आगोले घर तथा घरभित्र रहेका अन्नपात लत्ताकपडा सबै जलेर नस्ट भएको स्थानीय शशी गौतमले जानकारी दिनुभयो । भुकम्प प्रतिरोधात्मक २ कोठे ढुंगा […]

नेपालमा प्रजातन्त्र विरुद्ध हिन्दू राजतन्त्रको लडाइँ

डा. केदार कार्की। पछिल्लो समय नेपालमा पुनः व्यवस्था परिवर्तनको बहस सुरु भएको छ । सामाजिक सञ्जाल र घरघरमा राजतन्त्र आउनैपर्छ, आउनु नै हुँदैन र छिमेकी मुलुकले जस्तो परिस्थिति निर्धारण गर्छ, सोहीअनुसार हुन्छ भन्नेजस्ता विभिन्न अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् ।नेपालमा फेरि एकपटक राजनीतिक उथलपुथल बढेको छ। यसपटकको लडाइँ राजनीतिक दलहरू बीचको होइन, राजतन्त्र र लोकतन्त्र […]

के नेपाल फेरि हिन्दू राष्ट्र बन्ला ?

डा. केदार कार्की। पछिल्लो १७ वर्षमा नेपालमा १४ वटा सरकार परिवर्तन भएका छन्। लोकतन्त्रको जीवन्तता कायम राख्न राजनीतिक स्थिरता, लोकतान्त्रिक स्थिरता, लोकतान्त्रिक संस्थाहरूको कार्यप्रणाली, नेताहरूको नेतृत्व, जनताको सहभागिता सबै आवश्यक छन् तर नेपालका राजनीतिक दलहरू लोकतन्त्रको सौन्दर्य कायम राख्न असफल भएका छन्। एकअर्काको विरोध गर्न, एकअर्कालाई हराउन र सरकारमा रहन उनीहरू शक्ति समीकरणमा अल्झिएका छन्। […]

रामेछाप नगरपालिकामा प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम संचालन

रामेछापको रामेछाप नगरपालिकामा प्रारम्भिक बालविकास सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम संचालन भइरहेको छ । “इसिडी हार्मोनी परियोजना” अन्तर्गत चाइल्ड एड नेटवर्क फाउण्डेशनको सहयोगमा रामेछाप नगरपालिकासँगको सहकार्यमा सेता गुराँस राष्ट्रिय बालविकास सेवाले आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रम मंगलबार नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । वडा नं ४,८ र ७ मा रहेको विद्यालयका प्र.अ. वि.व्य.स. […]

हामी भीड मानसिकताबाट बच्नुपर्छ

डा. केदार कार्की। ईसापूर्व चौथो शताब्दीमा प्लेटोले लोकतन्त्रलाई यी शब्दहरूले सजाएका थिए। यस महान दार्शनिकको विचार थियो कि लोकतन्त्र सुशासनको लागि उपयुक्त प्रणाली होइन। उनले लोकतन्त्रलाई भिडतन्त्रको रूपमा व्याख्या गरे किनभने यस प्रणालीमा सक्षम र बुद्धिमान मानिसहरूले भन्दा अयोग्य भिडले शासन गर्छ। प्लेटोका अनुसार, सबैभन्दा राम्रो शासन प्रणाली अभिजात वर्ग हो। उनका अनुसार, अभिजात वर्गमा, […]

के राजतन्त्र भ्रष्ट लोकतन्त्र भन्दा राम्रो हुन्छ ?

डा. केदार कार्की। लोकतन्त्र अन्य राज्य प्रणालीहरू भन्दा राम्रो छ किनकि यो जनताको शासन हो। विश्वले विगतका तीता अनुभवहरूबाट सिकेर लोकतान्त्रिक प्रणालीलाई जन्म दिएको छ। धेरै साना–ठूला क्रान्तिहरूबाट जन्मिए पनि, आधुनिक संसदीय लोकतन्त्र विश्वमा धेरै सुस्त गतिमा विकसित भएको छ। यी पनि जनताको इच्छालाई प्रतिनिधित्व गर्ने यस प्रणालीका केही आधारभूत विशेषताहरू हुन सक्छन्। १. शक्ति […]