नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादी रामेछापमा पक्राउ

नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८३ साल साउन २७ गते राति करिब १० बजे गोकुलगंगा गाउँपालिकाकी एक १६ वर्षीया नाबालिकालाई उनको घरमा सुतिरहेको अवस्थामा पेमनिमा शेर्पाले घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरेको आरोप छ। घटनापछि शेर्पा फरार रहेको प्रहरीले जनाएको छ। […]

मन्थली–२ कठजोर खोलामा आगलागी हुँदा घर पूर्ण रूपमा नष्ट

रामेछापको मन्थली नगरपालिका–२ कठजोर खोलामा विद्युत् लाइन सर्ट हुँदा एक घरमा आगलागी भएको छ। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। बिहीबार साँझ करिब ७ः३० बजे स्थानीय ५७ वर्षीय एकबहादुर भुजेलको ढुङ्गा र सिमेन्टले बनेको, टायलको छाना भएको दुई तल्ले कच्ची घरमा अचानक विद्युत् लाइन सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको […]

रामेछाप खाँडादेवी गाउँपालिकाको निर्माणाधीन अस्पतालको काम अन्तिम चरणमा 

रामेछापको खाँडादेवी गाउँपालिकामा लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणमा लामो समयदेखि देखिएको अवरोध र विभिन्न प्रक्रियागत जटिलताका कारण रोकिँदै आएको अस्पताल निर्माण कार्य पछिल्लो समय पुनः अघि बढेको हो। अस्पताल निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिन गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत लगायतको टोलीले निर्माणस्थलको स्थलगत अनुगमन गरेको […]

रामेछाप नगरपालिकाको वार्षिक समीक्षा कार्यक्रम

रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिको समीक्षा गरेको छ। नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी आर्थिक वर्षभरि सञ्चालन गरिएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको समग्र समीक्षा गरेको हो। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा नगरपालिका अन्तर्गतका नौ वटै वडाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिबारे छुट्टाछुट्टै […]

रामेछाप–५ रामपुरमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर, १३४ जनाले लिए सेवा

रामेछापको रामेछाप नगरपालिका–५ रामपुरस्थित स्वास्थ्य चौकीमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा १३४ जनाले निःशुल्क आयुर्वेदिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, राष्ट्रिय निर्देशनालयअन्तर्गत आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय रामेछाप, मन्थलीको आयोजनामा शिविर सञ्चालन गरिएको हो। रामेछाप नगरपालिकाको कार्यालय, वडा नं. ५ को कार्यालय तथा […]

रामेछापमा खुल्ला रक्तदान कार्यक्रम, २३ जनाले गरे रक्तदान

राजयोगिनी दादाजी प्रकाशमणिको १९औँ पुण्यतिथिको अवसरमा रामेछापमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समाज सेवा प्रभाग ब्रह्माकुमारी राजयोग सेवा रामेछाप–मन्थलीको आयोजना तथा रामेछाप नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रामेछापको समन्वय तथा सहकार्यमा शनिबार रामेछाप नगरपालिका–८ स्थित बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। बिहान ८ बजेदेखि ९ः३० बजेसम्म सञ्चालन भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, […]

उज्यालो नेपाल पार्टी संगठन विस्तारमा,रामेछाप भालुखोपमा प्रथम गाउँ भेला सम्पन्न

उज्यालो नेपाल पार्टीले रामेछाप नगरपालिकामा प्रथम गाउँ भेला सम्पन्न गरेको छ। रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा आइतबार आयोजित भेलामा पार्टीका अध्यक्ष एवं पूर्वऊर्जा मन्त्री कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। भेलामा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष अन्जन घिसिङ, केन्द्रीय सदस्य रामकृष्ण लामा, केन्द्रीय सदस्य खड्ग घिसिङ तथा बागमती प्रदेश सदस्य एवं संविधानसभा उम्मेदवार […]

दोरम्बामा २३औँ सहिद स्मृति दिवस तथा सहिद स्मृति पार्क उद्घाटन

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ डाँडाकटेरीमा २३औँ दोरम्बा सहिद स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा निर्माण सम्पन्न भएको दोरम्बा सहिद स्मृति पार्कको उद्घाटन गरिएको छ । डाँडाकटेरीस्थित सहिद स्मृति पार्कमा आइतबार आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं नेपाल सरकारका तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको हो । कार्यक्रममा पार्टीका […]

एक वर्षमा लिखु तामाकोसी गाउँपालिकाको वित्तिय प्रगति ७३.७५ प्रतिशत

रामेछापको लिखु तामाकोसी गाउँपालिकाले एक वर्षभरीमा ७३.७५ प्रतिशत बजेट खर्च गरेको छ । शुक्रबार गाउँपालिकाले गत आ.व. २०८२/८३ को तेस्रो चौमासिक अबधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आय व्यय विवरण तथा विकास निर्माण र सेवा प्रवाह बारे जानकारी गराएको हो । गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोष जिसिले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन अनुसार […]

नागरिकसँग नेपाली सेना : रामेछापमा विपद् प्रतिकार्यको अभ्यास

रामेछापमा नेपाली सेनाले बाढी, पहिरो, आगलागीलगायतका विपद्बाट हुन सक्ने जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यसम्बन्धी जनचेतना अभिवृद्धिका लागि एकदिने तालिम तथा नमुना प्रदर्शन गरेको छ। रामेछापको रामेछाप नगरपालिका–८ स्थित माथिल्लो बजारमा नेपाली सेना श्री खड्गदल गण रामेछाप ब्यारेकको आयोजना तथा रामेछाप नगरपालिका–८ को समन्वय र सहकार्यमा ‘नागरिकसँग नेपाली सेना’ भन्ने मूल नाराका साथ तालिम सञ्चालन गरिएको […]