बाग्मती प्रदेशका प्रादेशीक अस्पतालहरुमध्ये रामेछाप अस्पताल चौथो हुन सफल

बाग्मती प्रदेशका प्रादेशीक अस्पतालहरुमध्ये रामेछाप अस्पताल चौथो हुन सफल भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सम्पादीत स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी कार्यक्रममा उक्त जानकारी गराइएको हो । भक्तपुर अस्पताल १०० मा ८३.४ अंक सहित पहिलो,सिन्धुली अस्पताल ७८.४ अंक सहित दोश्रो,धादिङ अस्पताल ७७. ७ अंक सहित तेश्रो र रामेछाप अस्पताल ७७.६ अंक सहित […]

रामेछाप अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाह : २ सय ९३ जनाले लिए सेवा 

रामेछाप अस्पताल रामेछापमा आइतबार(आज) भएको विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाहमा २ सय ९३ जनाले सेवा लिएका छन । मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ,मानसिक तथा नशा रोग विशेषज्ञ,नाक कान तथा घाँटी रोग विशेषज्ञले सेवा दिएका हुन । नाक कान तथा घाँटी रोगका ४६ जना,मुटु रोगका ५३,मानसिक तथा नशा रोगका ३७,पेट आन्द्रा […]

रामेछाप अस्पतालमा हरेक महिना विशेषज्ञ चिकित्सकले सेवा दिने 

रामेछाप अस्पताल रामेछापमा हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिने भएका छन । अस्पतालमा विशेषज्ञ/विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन गर्न लागिएको अस्पतालले एक सूचना मार्फत जानकारी दिएको छ । यहि कार्तिक ४ गते आइतबार मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ,मानसिक तथा […]

चाडपर्वको बेला मासु सेवनमा होसियारी नगरेमा रोग लाग्न सक्छ

डा.केदार कार्की सेवानिवृत्त वरिष्ठ पशु चिकित्सक  चाडपर्वको बेला नेपालीहरुको भान्छामा विभिन्न परिकारका खानेकुरा पाक्छन । ती विभिन्न परिकार मध्ये प्रमुख मानिन्छ मासु । चाडपर्वको बेला नेपालमा मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । तर मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा सावधानी अपनाउने ? भन्ने चेतना निकै कम भएको […]

रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल रेडक्रस सोसाइटी उपशाखा रामेछापले ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज ६२ औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा रामेछाप अस्पतालमा भर्ना भएका ११ जना बिरामीलाई फलफूल वितरण गरिएको हो । रामेछाप नगरपालिकाका प्रबक्ता समिर कार्की,रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष अमित कुमार तामाङ्ग,अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.केशव श्रेष्ठ सहितको उपस्थितीमा फलफूल वितरण […]

रामेछाप अस्पतालमा भएको शिविरमा ४० जनाको निशुल्क शल्यक्रिया ४ सय बढिले लिए सेवा

रामेछाप अस्पताल रामेछापमा ३ दिन चलेको शिविरमा ४० जनाको निशुल्क शल्यक्रिया गरिएको छ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौँका बरिष्ठ हाडजोर्नी विशेषज्ञहरुबाट सेवा प्रदान गरिएको उक्त शिविरमा ४ सय २० जनाले सेवा लिएका छन । यहि भदौ १३,१४ र १५ गते संचालन भएको शिविरमा १३ गते १५ जनाको शल्यक्रिया,१४ गते १५ जनाको शल्यक्रिया र १५ […]

रामेछापको उमाकुण्ड गाउँपालिकामा बन्यो ५ शैयाको अस्पताल,दशैँ अघि नै संचालनमा आउने

रामेछापको उमाकुण्ड गाउँपालिकाले ५ शैयाको अस्पताल यो वर्षको दशैँ अगाडि नै सञ्चालन गर्ने तयारी गरेको छ । जिल्लाकै दुर्गम मानिने उमाकुण्ड गाउँपालिकामा यस्तो सुविधा सम्पन्न अस्पताल सञ्चालन हुने भएपछि उमाकुण्ड गाउँपालिकावासी खुसी भएका छन् । जिल्लाकै दुर्गम ठाउँ मानिने प्रीतिमा एमबीबीएस डाक्टर सहितको सुविधा सम्पन्न अस्पताल सञ्चालन हुने कुराले सिङगो उमाकुण्ड गाउँपालिकावासी धेरै खुसी भएको […]

रामेछाप भालुखोपकी मृगौला पीडित पाख्रिनको उपचारका लागी सहयोगको अपिल

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ भालुखोपकी दिलमाया पाख्रिनले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । दुबै मृगौलाले काम नगर्ने भएपछि उहाँले आफ्नो उपचारका लागि सहयोगको अपिल गर्नुभएको हो । ५७ वर्षकी पाख्रिनले उपचार गराउन आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुभएको हो । ६ महिनादेखी मृगौलाको डाईलाइसिस गराइरहेको भन्दै उहाँका श्रीमान पुर्ण बहादुर मोक्तानले आर्थिक […]

सबैको मन जितेर रामेछापबाट बिदाई भए डा.यादव

रामेछाप अस्पताल रामेछापमा कार्यरत MD GP&EM डाक्टर मनोज यादव सबैको मन जितेर बिदाई हुनुभएको छ । साँढे २ वर्ष रामेछाप अस्पतालमा बिरामीको सेवामा रातदिन नभनी खटिएर बिरामीको मनमा बस्न सफल हुनुभयो डा.यादव । रामेछाप अस्पतालमा पहिलो पटक प्रसूति शल्यक्रिया सुरु गर्नुभएका डा. यादवले १ सय ५० जना महिलाहरुको सफल रुपमा शल्यक्रिया मार्फत सुत्केरी गराउनुभएको हो […]

रामेछाप नगर उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

रामेछाप नगर उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । रामेछाप अस्पताल रामेछापमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो । संघको नवौँ स्थापना दिवसको अवसरमा आज(मंगलबार) अस्पतालमा बेड भर्ना भएका ६ जना बिरामीलाई स्याउ,केरा,आँप,बिस्कुट र जुस वितरण गरिएको रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष अमित कुमार तामाङ्गले बताउनुभयो । रामेछाप […]