गाउँमै सबै सेवा एकैपटक पाउँदा गोठगाउँबासी हर्षित
रामेछापको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ भौगोलिक हिसाबले नगरको विकट वडा हो । नगरपालिकाको केन्द्रबाट टाढा रहेको गोठगाउँका नागरीकलाई पालिकाको सेवा लिन आउन निकै टाढा पर्छ । यहि समस्यालाई मध्येनजर गर्दै नगरपालिकाले बुधबार गोठगाउँमै पुगेर घुम्ती शिविर सहितको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । नगरपालिकाबाट प्रवाह हुने अधिकांश सेवाहरु गाउँमै पुगेर प्रदान गरिएको हो […]

