रामेछापको भंगेरीमा बनाउन सुरु गरिएको पुष्पलाल पार्क अलपत्र

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापको भंगेरीमा बनाउन सुरु गरिएको पुष्पलाल पार्क अलपत्र परेको छ । २ वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने पार्क निर्माणको काम अलपत्र परेको हो । नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा पुष्पलालको जन्मस्थान भंगरीका १७ परिवारको करिब ५५ रोपनी जग्गा सरकारले अधिग्रहण गरी पुष्पलाल पार्क बनाउने काम थालेको थियो […]

चाड पर्वमा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत रहन प्रशासनको आग्रह

चाड पर्वमा आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत रहन रामेछाप प्रशासनले आग्रह गरेको छ । नेपालीहरूको महान् चाड पर्वहरू दशै, तिहार लगायतका मुख्य चाड पर्वमा बजारमा हुन सक्ने सम्भावित कालोबजारी, म्याद गुज्रेका सामानको बिक्री वितरण, अवैध मदिराको बिक्री वितरण, जुवातास खेल्ने/खेलाउने, चोरी–लुटपाट जस्ता आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सबै सचेत प्रशासनले आग्रह गरेको हो […]

रामेछाप सुनारपानीमा भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुग्यो

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा आइतबार(आज) दिउँसो भएको बोलेरो गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका मन्थली नगरपालिका ४ का वर्ष ६९ को दिलिप कुमार बरुवालको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले दिनुभएको जानकारी अनुसार गम्भीर घाइते बरुवालको धुलिखेल […]

भ्रष्टाचार तथा अनियमितता सम्बन्धि अख्तियारमा रामेछापका ३६ वटा उजुरी

रामेछापका पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले विभिन्न शीर्षकमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा ३६ वटा उजुरी दर्ता भएका छन् । पालिकाका निर्वाचित जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सडक निमार्ण, भवन निमार्ण, औषधी खरिद र कर्मचारी भर्ना लगायतका कार्यहरुमा भ्रष्टाचार गरी कानुन विपरीत रकम असुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । […]

रामेछाप नगरपालिकाको पर्यटकिय सम्भावना,यस्तो छ नगरपालिकाको योजना

रामेछापको रामेछाप नगरपालिका प्राकृतिक रुपमा सुन्दर र ऐतिहासिक नगरपालिका हो । यो नगरपालिकाका धेरै ठाउँहरुमा धार्मिक ,ऐतिहासिक तथा पर्यटकीय स्थलहरु रहेका छन । ९ वटा वडाहरु रहेको यस नगरपालिका धार्मिक,ऐतिहासि र पर्यटकिय सुन्दरताले भरिपूर्ण छ । श्री स्वथानी व्रत कथामा भगवान शिवले श्रीमती सतीदेवीको मृत्यु भएपछि उनको मृत शरिरलाई बोकेर हिँड्ने क्रममा एउटा अंग पतन […]

सुनापति गाउँपालिकाको पर्यटकिय सम्भावना,यस्तो छ गाउँपालिकाको योजना

रामेछापको सुनापति डाडाँको नामबाट नामाकरण भएको सुनापती गाउँपालिका पर्यटकिय,धार्मिक तथा ऐतिहासिक रुपमै सम्भावना बोकेको ठाउँ हो । सुनापति डाडाँकोे एक अलग पहिचान रहेको छ । एकातिर यो साविकका हिलेदेबी,बेथान र खनियापानी गाउँ विकार समितिहरुको संगम स्थल हो भने अर्को तर्फ हिन्दु र वौद्ध धर्मालम्वीहरुको धार्मिक र सांस्कृतिक केन्द्र विन्दु पनि हो । सुनापति डाडाँमा महादेवको […]

सोममायाको मेहनतले लोभलाग्दो कमाई,बस्न सबै परिवार रमाई

रामेछापको मन्थली नगरपालिकाको कार्यालय जाने बाटोमै छ सोममाया नेपालीको न्यु धागो पसल । उनको पसलमा सिलाईकटाई सम्बन्धी सम्पूर्ण सामानहरु पाईन्छ । १० वर्ष देखि सिलाईकटाईको सामान विक्री गर्नुको साथै उनले अहिले विगत २ वर्षदेखि आफ्नो सिपलाई पनि बेचीरहेकी छिन् । उनलाई हरेकपटक भेट्न जाँदा सिलाई मेसिन चलाईरहेको अवस्थामा मात्र भेटिन्छ । उनले पहिला कपडा ह्यान्ड […]

ढाका उद्योगले बदलिएको राधाको जीवन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ पालेवनमा एउटा सानो जस्ताको टहरामा ढाका उद्योग छ । सो उद्योग सोही ठाउँकी राधा बस्नेतले संचालन गरेको सगरमाथा ढाका उद्योग हो । राधाको एक्लो लगानीमा उनी आफु एक्लैले सो उद्योग संचालन गदै आएकी छिन । उमेरले ४१ वर्ष लागेकी राधा अविवाहित नै छिन । उनले ढाका उद्योग चलाएरै परिवार […]

मन्थली नगरको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी कार्यक्रम गरिएको छ । शनिवार राष्ट्रिय फोटो पत्रकार समूह¸ नेपाल जिल्ला शाखा रामेछापको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको मन्थली नगरको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी विषयक कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख आथिती समेत रहनुभएका बागमती प्रदेश सांसद एवं बागमती […]

रामेछापको फूलासी भोटनागीमा ४ सय रोपनी क्षेत्रफलमा चिया खेती

रामेछापमा ४ सय रोपनी क्षेत्रफलमा चिया खेती भइरहेको छ । चिया खेतीका लागी सुहाउँदो हावापानी रहेको यस ठाउँमा राम्रो उत्पादनहुँदा किसानलाई फाइदा भएको छ । चिया बगान घुम्न आउने आन्तरिक पर्यटक पनि बढेका छन् । सदरमुकाम मन्थलीबाट नजिकै रहेको चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक÷टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटकहरु आउने गरेका छन । हरियाली […]