जिल्ला स्वास्थ्य कार्यालय रामेछापद्वारा सुकाजोरका जेष्ठ नागरिकलाई सम्मान
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आइतबार वडा कार्यालयमा एक कार्यक्रम गरी विभिन्न सामाग्री सहित जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडा नं ७ का वडा अध्यक्ष समिर कार्कीको समन्वयमा वडाका ८० वर्ष नाघेका ८४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो […]