रामेछाप नगर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व,अध्यक्षमा-अमित तामाङ

रामेछाप नगर उद्योग वाणिज्य संघले आज पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ । संघका अध्यक्ष शम्भु कुमार श्रेष्ठको अध्यक्षता र उद्योग वाणिज्य संघ बाग्मती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नगर उद्योग वाणिज्य संघले व्यवसायिहरुको हकहितमा गर्दै आएको कामहरुको बारेमा समेत जानकारी गराएको थियो । रामेछाप […]

रामेछापको गोकुलगंगामा गरिबी हटाउन तालिम तथा औजारहरु वितरण

रामेछापको गोकुलगंगा गाउँपालिकाले गरिबी हटाउन तालिम तथा औजारहरु वितरण गरेको छ । गाउँपालिकामा गरिब लक्षित कार्यक्रम अन्तरगत व्यावसायिक कृषि गर्न पशुपालनको तालिम दिने देखि कृषि औजार बनाउने अत्याधुनिक इलेकट्रोनिक उपकरण सम्मका सामाग्री गाउँ–गाउँमा पुगेका छन् । गाउँपालिका भित्र रहेका आर्थिक रूपले विपन्न, अल्पसङ्ख्यक, दलित, सीमान्तकृत तथा पछाडि परेका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमबाट व्यावसायिक […]

अधिकार प्रयोग गर्न नपाएको रामेछापका अपाङ्गता भएकाहरूको गुनासो

कानुनमा भएको व्यवस्था अनुसार अधिकार प्रयोग गर्न नपाएको रामेछापका अपाङ्गता भएकाहरूले गुनासो गरेका छन् । समावेशी सिद्धान्त कार्यान्वयनको सन्दर्भमा होस् वा दिगो विकासका लक्ष कार्यान्वयनमा,अपाङ्गता भएका व्यक्तिको अधिकार र सुविधाका लागि विशेष प्राथमिकता दिनुपर्ने भनिएको छ । तर नयाँ संविधान कार्यान्वयनमा गएको ८ वर्ष बित्दा पनि अपाङ्गता भएका व्यत्तिहरु अधिकारका लागि लडिरहेका छन् । संविधानमा […]

रामेछापका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

देशका धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो छ । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी सङ्ख्या बढाउन थुप्रै योजना बनाएर करोडौँ रुपैयाँ लगानी गरे पनि सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव झन्झन् समस्याको विषय बन्दै गएको छ । रामेछापका अधिकांश आधारभूत सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको […]

असारको दोस्रो सातासम्म पनि रामेछापमा अधिकांश खेत बाँझै

असारको दोस्रो सातासम्म रामेछापका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात नहुँदा यसवर्ष जिल्लामा धान रोपाइँ ढिला भएको हो । असारको मध्येसम्म पनि रामेछापमा करिब १८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । यस वर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ८२ प्रतिशत खेत बाँझै रहेका छन् । गतवर्ष असारको […]

सुनापती गाउँपालिकाले ल्यायो ५४ करोड ७८ लाख ५५ हजारको बजेट

रामेछापको सुनापती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५४ करोड ७८ लाख ५५ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले निती तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र सडकलाई मुख्य प्राथमिकता दिइएको छ । गाउँपालिकाले यो पटक पनि धेरै पुरानै निती तथा कार्यक्रमलाई निरन्तरता दिएको हो । गाउँसभाले […]

दोरम्बा शैलुङ गाउँपालिकाले ल्यायो ५६ करोड ६४ लाखको बजेट

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५६ करोड ६४ लाख ५१ हजार ४ सय ६८ रुपैयाँको बजेट ल्याएको छ । र्आइतबार गाउँपालिकाको १३ औं गाउँसभामा उपाध्यक्ष खमला थापा मगरले आर्थिक वर्ष २०८०/०८१ को लागि ५६ करोड ६४ लाख ५१ हजार ४ सय ६८ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । पालिकाको अघिल्लो वर्षको […]

यस्तो छ खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम

रामेछापको खाँडादेवी गाउँपालिकाको १३ औँ गाउँ सभाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र आर्थिक ऐन २०८० पारित गरेको छ । शनिवार गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यसैगरी आर्थिक ऐन २०८० पनि सभाले स्वीकृत गरेको छ । अधिवेशनमा गाउँपालिका उपाध्यक्ष रमा घिसिङले […]

उमाकुण्ड गाउँपालिकाले ल्यायो ६० करोड ५८ लाख ६३ हजारको बजेट

रामेछापको उमाकुण्ड गाउँपालिकाले पनि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको लागि ६० करोड बढी बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले शुक्रबार गाउँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कूल ६० करोड ५८ लाख ६३ हजार १०० रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । ७ वटा पालिका […]

यस्तो छ मन्थली नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट

रामेछापको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाले १३ औं अधिवेशनमा नगर प्रमुख लब श्रेष्ठले नीति तथा कार्यक्रम र उपप्रमुख ईश्वरी बस्नेतले बजेट प्रस्तुत गर्नु भएको हो । नगरप्रमुख श्रेष्ठले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका र अन्तर्गतका कार्यालयहरूको कामलाई पूर्वाधार, उपकरण र प्रविधि मैत्री […]