रामेछाप नगरपालिका गणतन्त्र दिवस मनाउन एकिकृत घुम्ती शिविर सहित धारापानी बसेरीमा

रामेछापको रामेछाप नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा मंगलबार(आज) वडा नं ४ को विकट ठाउँ धारापनी बसेरीमा एकिकृत घुम्ती शिविर संचालन गरेको छ । नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,नगर प्रबक्ता समिर कार्की सहित नगरको टिम नै घुम्ती सेवा शिविर लिएर धारापनी बसेरी पुगेको हो । घुम्ती सेवा शिविरमा स्वास्थ्य,कृषि,पशु,जेष्ठ नागरीक परिचय पत्र वितरण लगाएतको विभिन्न […]

रामेछापका ५५ सय बढी बालबालिकालाई पोलियोविरुद्धको आई.पी.भी. खोप लगाईँदै

रामेछापका ५ हजार ५ सयभन्दा बढी बालबालिकालाई पोलियो भाईरस विरुद्धको आईपीभी खोप लगाइने भएको छ । यहि जेठ १३ देखि २६ गतेसम्म देशव्यापी रुपमा आईपीभी खोप अभियान सञ्चालन हुँदैछ । जिल्लामा रहेका दुई नगरपालिका र ६ वटा गाउँपालिकाका पाँच हजार ५ सय १५ जना बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप लगाइने जनस्वास्थ्य कार्यालय रामेछापका खोप कार्यक्रमका […]

अब रामेछाप अस्पतालमा डायलाइसिस सेवा नियमित

अब रामेछाप अस्पताल रामेछापले नियमित रुपमा डायलाइसिस सेवा दिने भएको छ । बिहिबार(आज) देखी नियमित रुपमा बिरामीले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा यो सेवा सुरु भएको लामो समय भइसकेको भएपनि डायलाइसिस मेसिनमा प्राविधिक समस्या देखापरेको कारण केही समय सेवा अबरुद्ध भएको थियो । अब भने मिर्गौलाको समस्याबाट पीडित बिरामीहरूले […]

रामेछापको पुरानागाउँबासीले गाउँमै पाए जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवा

रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । आईतबार मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सहितको एकीकृत घुम्ती सेवा शिविर संचालन गरेको हो । जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवाहरु शिविरमा प्रदान गरिएको थियो । एकीकृत घुम्ती सेवा अन्तरगत स्वास्थ्य शिविरबाट ४१३ जनाले सेवा लिएका छन् । शिविरबाट १४२ जना पुरुष र २७१ […]

बच्चाहरुको हरेक किसिमको उपचार अब रामेछाप अस्पताबाटै हुने

बच्चाहरुको हरेक किसिमको उपचार अब रामेछाप अस्पताबाटै हुने भएको छ । अस्पतालमा नियमित रुपमा बच्चाहरुको लागी ओपीडी,ईमर्जेन्सी र एसएनसियु सेवा सुरु भएको छ । यहि वैशाखको पहिलो हप्तादेखी नै यो सेवा सुरु भएको जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताउनुभयो । बाल रोग विशेषज्ञ डाक्टर नारायण यादवबाट नियमित रुपमा ओपीडी,ईमर्जेन्सी र एसएनसियु सेवा […]

सिन्धुलीको गोलन्जोरमा ६ करोड बढीको लागतमा अस्पताल भवन बन्दै 

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ५ शैयाको अस्पताल भवन बन्ने भएको छ । नयाँ बन्ने सुविधा सप्पन्न भवनको शुक्रबार(आज) उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले भवनको शिलान्यास गर्नुभयो । भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले पालिकामै सुविधा सम्पन्न अस्पताल बन्नु खुशीको कुरा भएको बताउनुभयो । पालिकामा विकास निर्माणको कामहरु भैरहेको भन्दै उहाँले अस्पताल बनेपछि अरु […]

दर्ता नभएको औषधी भेटिएपछि मन्थलीको दिपसन फार्मेसी र साकुरा मेडिकल हल निलम्बनमा

दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गर्ने औषधी पसल निलम्बनमा परेका छन् । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मन्थली बजारमा सञ्चालित १ फार्मेसी र १ मेडिकल हल निलम्बनमा परेका हुन् । दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गरिएको लगायतका गैर कानुनी व्यापार व्यवसाय तथा कारोबार गर्ने मन्थली बजारमा सञ्चालित दिपसन फार्मेसी र साकुरा […]

रामेछाप अस्पतालमा आई पुग्यो एन्टी रेबिज भ्याक्सिन

रामेछाप अस्पताल रामेछापले रेबिज रोग विरुद्ध प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिन ल्याई पु¥याएको छ । स्वास्थ्य सेवा विभाग टेकुले एन्टी रेबिज भ्याक्सिन पठाउन ढिला गरेपछि भैपरि आउने नागरिकको समस्यालाई मध्य नजर गर्दै अस्पतालले आफै टेकु पुगेर भ्याक्सिन ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,‘रामेछापमा एन्टी रेबिज भ्याक्सिन अभावका कारण अब नागरिकलाई […]

न्युनतम सेवा मापदण्डमा जिल्ला अस्पताल रामेछाप देशभरमै तेस्रो हुन सफल

न्यूनतम सेवा मापदण्ड पुरा गर्ने देशभरका सरकारी अस्पतालमा जिल्ला अस्पताल रामेछाप तेस्रो हुन सफल भएको छ । देशभरका १५ शैया अस्पतालहरुमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको हो । जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अंक पाएर पहिलो,चौतारा अस्पताल सिन्धुपाल्चोक ९२ प्रतिशत अंक पाएर दोस्रो र जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अंक पाएर तेस्रो हुन […]

१ दिने निशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरमा ३ सय ४३ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आज(आईतबार) एक दिने निशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय ४३ जनाले सेवा लिएका छन । शहीद गंगालाल फाउन्डेशन नेपालको आयोजना,शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा शिविर संचालन भएको हो । शिविरमा एक सय जनाले मुटुको भिडियो एक्सरे,१ सय […]