रामेछाप जिल्लामा ७ सय ७६ घरमा छैन शौचालय

मंगलबार(आज) विश्व शौचालय दिवस मनाईदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार रामेछाप जिल्लाका ७ सय ७६ घरमा अझै शौचालय छैन । जिल्लामा सबैभन्दा धेरै शौचालय नहुने पालिका मन्थली नगरपालिका रहेको छ । मन्थली नगरपालिकामा अझै १ सय ६६ […]

उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न थप गर्‍यो भत्ता 

रामेछापको उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न भन्दै संघीय सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई दिँदै आएको भत्तामा केही रकम थप गरेको छ । माध्यमिक तहको प्रधानाध्यापक भत्ता २ हजार रुपैयाँ थपेर २५०० पुर्‍याएको छ भने आधारभूत तह १-८ का प्रधानाध्यापकको भत्तामा १२०० थपेर १५०० पुर्‍याएको छ र आधारभूत तह १-५ का प्रधानाध्यापकको भत्ता ८०० थपेर १००० रुपैयाँ […]

रामेछाप नगरपालिका–८ मा बालमैत्री वडा घोषणा हुन ३७ वटा सूचक पुरा

रामेछापको रामेछाप नगरपालिका बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणाको तयारीमा छ । नगरका ९ वटै वडाहरु बालमैत्री वडा घोषणा गर्न विभिन्न सूचकहरु पुरा गर्ने अभियानमा छन । रामेछाप नगरपालिकाको केन्द समेत रहेको वडा नं ८ रामेछाप बजारले ५१ वटा सूचकमध्ये ३७ वटा सूचक पुरा गरेको छ । वडा कार्यालयमा आज सूचक मापन कार्यशाला तथा अन्तरक्रिया कार्यक्रमको […]

रामेछापमा यस वर्ष ४५ सय ३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान

जुनारको जिल्ला भनेर पहिचान बनाएको रामेछापमा यस वर्ष ४ हजार ५ सय ३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान गरिएको छ । यस वर्ष जुनारमा कुनै प्रकारको रोग किरा नदेखिएका कारण पनि जुनार उत्पादन बढ्ने अनुमान गरिएको छ । गत वर्ष ४ हजार ५ सय मेट्रिकटन जुनार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जनाएको छ । […]

बेथानमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं ४ बेथानको एक घरमा आगलागी भएको छ । मंगलबार बिहान अन्दाजी ४ बजेको समयमा ध्यान बहादुर खड्काको घरमा आगलागी भएको हो । टिनको छानो भएको ढुंगा,माटोले बनेको २ तले कच्ची घर भित्र गाईवस्तुलाई कुँडो पकाउने क्रममा अचानक आगो लागेको थियो । आगलागीबाट घर भित्र रहेको १५ वटा कुखुरा जलेर […]

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल रामेछाप उत्कृष्ट जिल्ला शाखा घोषित 

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल रामेछापले उत्कृष्ट शाखाको पुरस्कार प्राप्त गरेको छ । राष्ट्रिय फोटो पत्रकार समुह नेपालको २७ औँ वार्षिकोत्सब तथा १३ औँ अधिवेशन कार्यक्रमको अवसरमा रामेछाप शाखालाई उत्कृष्ट शाखा घोषणा गरिएको हो । खानेपानी मन्त्री प्रदीप यादवले रामेछाप जिल्ला शाखाका अध्यक्ष मिलन घिमिरेलाई सम्मान पत्र प्रदान गर्नुभयो । रामेछाप जिल्ला शाखाले स्थापनाकालदेखि जिल्लामा […]

हत्या गरी तामाकोशी नदिमा फालेको अभियोगमा एक जना पक्राउ

हत्या गरी तामाकोशी नदिमा फालेको अभियोगमा एक जना पक्राउ परेका छन । रामेछापको मन्थली नगरपालिका वडा नं १ का विर वहादुर भुजेलको कार्तिक १६ गते राति हत्या गरी तामाकोशी नदिमा फालेको अभियोगमा मिन बहादुर बिक पक्राउ परेका हुन । यहि कार्तिक १६ गते शुक्रबार रातिदेखि हराइरहेका भुजेललाई सोही वडा बस्ने विकले शुक्रबार राती हत्या गरी […]

लुक्लामा मौसम बिग्रीएपछि २ दिनदेखि मन्थली विमानस्थलबाट उडान हुन सकेन

रामेछापको मन्थली विमानस्थलबाट लुक्ला तर्फ जाने जहाजहरू दुई  दिनदेखि नियमित उडान हुन नसक्दा पर्यटकहरू अलपत्र परेका छन् । लुक्लामा मौसम बिग्रीएपछि विगत २ दिनदेखि नियमित उडान हुन नसक्दा  विभिन्न देशबाट घुम्नका लागि लुक्ला जान लागेका पर्यटकहरू मन्थली विमानस्थलमा अलपत्र परेर बसेका हुन् । काठमाण्डौंबाट स्थल मार्ग हुँदै जहाज चढ्नका लागि पर्यटकहरू मन्थली विमानस्थल आउने गरेका […]

रामेछापको गुप्तेश्वरमा बस दुर्घटना,२ जना घाइते

रामेछाप जिल्लाको उमाकुन्ड गाउँपालिका वडा नं ६ गुप्तेश्वरमा शनिबार(आज) बिहान भएको बस दुर्घटनामा २ जना घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेहरूमा बसका सहचालक रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं १ का ३२ वर्षका केबल सुनुवार र बसका यात्रु उमाकुन्ड गाउँपालिका वडा नंं ६ का ७२ वर्षका फूल कुमारी सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले […]

नमुनादीप कप’ भलिबलको उपाधि लिखु तामाकोशी गाउँपालिकालाई

‘नमुनादीप कप’ को उपाधि लिखु तामाकोशी गाउँपालिका रामेछापले उचालेको छ । बुधबार अरुणोदय मावि सैपुमा लिखु गाउँपालिका ‘ए’ ओखलढुंगालाई ३–१ को सेटमा पराजित गर्दै लिखु तामाकोशीले ‘नमुनादीप कप’को उपाधि हात पारेको हो । पहिलो सेट १९–२५ अंकमा हारेको लिखु तामाकोशीले लगातार २५–२१ ,२५–२१,२५–२२ ल्याउँदै विजयी भएको आयोजक नमुनादीप युवा क्लबका अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो […]