सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचोलियो
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा आयोजित समारोहमा स्विच थिचे लगत्तै सुरुङ छिचोलिएको थियो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म क्षेत्रफल १३ दशमलव ३ किलोमिटर लामो सुरुङ खनिएको हो । २२ महिनामा खनिसक्ने लक्ष्य लिइएकोमा त्यसको ३ महिना २ दिनअगावै […]