मन्थली नगरपालिकामा ‘वडास्तरीय प्रारम्भिक बालविकास कमिटी गठन’

रामेछापको मन्थली नगरपालिकाको दुई वटा वडामा  “वडास्तरीय प्रारम्भिक बालविकास गठन तथा अभिमुखीकरण सम्बन्धी एक दिने कार्यशाला” सम्पन्‍न भएको छ । मन्थली नगरपालिकाअन्तर्गतका वडा नं. ३ र वडा नं. ५ मा “वडास्तरीय प्रारम्भिक बालविकास गठन तथा अभिमुखीकरण सम्बन्धी एक दिने कार्यशाला” सम्पन्‍न भएको हो । कार्यशाला वडा नं. ३ मा असोज २ गते बिहिबार र वडा […]

आगजनी र लुटपाट गर्ने रामेछाप मन्थलीका एक सहित ६ जना समातिए

जेनजी प्रदर्शनको क्रममा प्रहरी प्रभाग इमाडोलमा आगजनी र लुटपाट गरेको आरोपमा रामेछापका एक सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछापको मन्थली नगरपालिका–९ घर भएका २० वर्षीय कृष्णराज गिरी,काभ्रेको पनौती नगरपालिका–७ घर भएका २० वर्षीय राजकुमार तामाङ, धनकुटाको पाख्रिबास नगरपालिका–६ घर भएका २२ वर्षीय गोकर्ण राई, उदयपुरको सुन्दरपुरका ३१ वर्षीय सुनिल कुमार बस्नेत, […]

रामेछाप बजारका उद्योग तथा पसलहरुको संयुक्त अनुगमन,चिरन्जीवि डेरीलाई ५ हजार जरिवाना

उद्योग तथा वाणिज्य कार्यालय मन्थली रामेछापको नेतृत्वमा विभिन्न सरोकारवाला निकायको संयुक्त टोलीले रामेछाप बजारमा रहेका होटल ,पसलहरु तथा बिस्कुट उद्योग अनुगमन गरेको हो । रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा उद्योग तथा वाणिज्य कार्यालय रामेछाप,जिल्ला प्रशासन कार्यालय,रामेछाप नगरपालिका,पत्रकार महासंघ,रामेछाप नगर उद्योग वाणिज्य संघ र प्रहरी कार्यालयका प्रतिनिधिहरु सहभागी थिए । अनुगमनको क्रममा चिरन्जीवि डेरी […]

काठमाडौंमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रामेछापका एक युवक पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले रामेछाप घर भएका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ छन् । पक्राउ परेको तामाङको घर रामेछापको कुन पालिका वा गाउँ भन्ने खुलेको छैन । उनलाई बिहीबार दिउँसो प्रहरी प्रभाग साँखुबाट खटिएको […]

बागमती प्रदेश सरकारले चालु आवको बजेट पुनरावलोकन गर्ने

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित बजेट पुनरावलोकन गर्ने भएको छ । बजेट पुनरावलोकनको लागि आज शुक्रबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अध्ययनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बजेट पुनरावलोकन गर्नुपर्ने भएकाले अध्ययनको लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको जानकारी दिनुभयो । […]

रामेछापमा पनि मनाईयो संविधान दिवस

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रामेछापमा विविध कार्यक्रम गरिएको छ । रामेछापमा प्रभातफेरी,अन्तरक्रिया तथा अस्पतालमा वेड भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । दिवस मूल आयोजक समितिको आयोजनामा मन्थलीको मदन–आश्रित चोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो। कार्यक्रममा जनप्रतिनिधिहरू, सरकारी कर्मचारी, विभिन्न राजनीतिक दलका नेताहरू […]

रामेछापका युवक कोटेश्वर भाटभटेनीमा मृत भेटिए

कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केट स्टोरमा रामेछापका एक जनाको शव भेटिएको छ । मृत भेटिने व्यक्ति रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ घर भएर ललितपुर बस्दै आएका २२ वर्षीय विकास रसाइली हुन् । जलेको अवस्थामा उनको अस्थिपञ्जर मात्र भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी अपिल बोहराले बताउनुभयो । ललितपुरको च्यासल बस्दै आएका रसाइली भदौ २४ मा […]

हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय रामेछापको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना जारी गर्दै हातहतियार बुझाउन नागरीकहरुलाई आग्रह गरेको छ । केहि दिन अघि देशमा उत्पन्न विषम परिस्थितिको अवस्थामा देशका विभिन्न प्रहरी कार्यालयहरुमा आगजनी तथा लुटपाट गरी लगेका हातहतियारहरु रामेछाप जिल्लामा पनि लिइ आएको भएमा बुुझाउन अनुरोध गरिएको हो । उक्त हतियार सम्बन्धित प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा नजिकैको […]

अकबरे खुर्सानी खेती मार्फत समृद्धि खोज्दै हिलेपानीबासी

जुनार खेतीले पहिचान बनाएको रामेछापको हिलेपानी गाउँ अब अकबरे खुर्सानी खेती मार्फत पनि चिनिन थालेको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ हिलेपानीका धेरै युवाहरु अकबरे खुर्सानी खेती तर्फ आकर्षित भएका छन । आजभन्दा धेरै वर्ष अघि हिलेपानीका चुडा बहादुर कार्कीले व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरे । उनले गाउँमै अकबरे खुर्सानीको अचार उद्योग […]

रामेछापका पत्रकारलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट निःशुल्क उपचार सेवा

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका पत्रकारहरूलाई निःशुल्क उपचार सेवा दिने निर्णय गरेको छ । चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पत्रकारलाई स्वास्थ्य उपचारमा विशेष सुविधा दिने उद्देश्यले यस्तो निर्णय गरेको हो । चिकित्सालय व्यवस्थापन तथा सञ्चालन समिति बैठकले पत्रकारलाई स्वास्थ्य सेवामा सहयोग गर्ने निर्णय गरेको छ । चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले पत्रकारहरूलाई औषधि […]