रामेछापमा बाँदर लगायत जङ्गली जनावरको आतङ्क,किसानलाई सास्ती
रामेछापका धेरै ठाउँमा जङ्गली जनावरका कारण किसानले सास्ती ब्यहोर्नु परिरहेको छ । खासगरी बाँदर,बँदेल,दुम्सी लगायत विभिन्न जङ्गली जनावरले बालीनाली सखाप पारिदिनाले किसानले बर्सेनि करोडौँ रुपैयाँको नोक्सानी ब्यहोर्नुपरिरहेको हो । जिल्लाको लिखु तामाकोशी गाउँपालिका ४ मा पनि जङ्गली जनावरले बालीनाली सखाप बनाउने गरेको छ । बाँदर,मृग र दुम्सीले बालिनाली नै नष्ट गर्ने गरेको श्रीराज महतले बताउनुभयो […]