जनता माविका विद्यार्थी बेहोस भएर ढल्न थालेपछी विद्यालय बन्द

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ मा रहेको जनता माध्यमिक विद्यालयले शुक्रबार(आज) एक दिन बिदा दिएको छ । विद्यालयमा अध्यनरत केही विद्यार्थीहरु बिरामी पर्न थालेको भन्दै विद्यालयले बिदा दिएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक मिन बहादुर कार्कीका अनुसार केही विद्यार्थीहरुमा अचानक स्वास प्रस्वासको समस्या भएर ढल्ने,बेहोस हुने क्रम बढेकाले विद्यालयमा बिदा दिइएको हो । बिहिबार […]

खाँडादेवी मन्दिरको भेटी चोरी गरेको आरोपमा काभ्रेका युवक पक्राउ

रामेछापको खाँडादेवी मन्दिरको दान पेटिकमा राखिएको भेटी चोरी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन । रामेछापको ऐतिहासिक एवं धार्मिक स्थल खाडाँदेवी मन्दिरको ढोका फुटाएर मन्दिरभित्र राखीएको दुई वटा दान पेटिकामा रहेको भेटी चोरी गरेको आरोपमा काभ्रेपलाञ्चोकको खानिखोला गाउपालिका–७ घर भएका रविन खुलाललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका खुलालले बिहिबार (आज) बिहान करिब […]

रामेछापको विहिबारे हाट : बढ्यो खसीको व्यापार

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा हरेक बिहिबार हाट लाग्छ । यो जिल्लाकै पुरानो र ऐतिहासिक हाट हो । धेरै ठाउँमा हाट लाग्नै छोडिसकेको भएपनि रामेछाप बजारमा अझै पनि निकै भिडभाडका साथ हाट लाग्ने गर्छ । दशैँ नजिकिएसँगै विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड थियो । बजारमा विशेषगरी लत्ताकपडा र […]

रामेछापमा सवारी साधनको पार्टपुर्जा चोरी गरेको आरोपमा एक युवक पक्राउ

रामेछापमा ट्रयाक्टरको पार्टपुर्जाहरु चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । ट्रयाक्टरको पार्टपुर्जाहरु चोरी गरेको आरोपमा मन्थली नगरपालिका–१ सापमारेका २० वर्षीय प्रदिप भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । प्रदीप भुजेल र रमेश भुजेलले चोरी गरेको ट्रयाक्टरको पार्टपुर्जाहरु कवाडी पसलमा बेच्न लागेको अवस्थामा प्रदीपलार्ई प्रहरीले नियन्त्रणमा लिएको थियो भने रमेश […]

संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै रामेछाप नगरपालिकाका कर्मचारीहरुको विरोध

सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै रामेछापको रामेछाप नगरपालिकामा कार्यरत कर्मचारीले मंगलबार (आज) विरोध जनाएका छन । सोमबारदेखि सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखेर उनिहरुले रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत […]

जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा

नेपाली कामदारलाई जापान पठाउने १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने व्यवसायीको अनुमति पत्र निलम्बन गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । निलम्बनमा पर्नेमा गुड लाइफ इन्टरनेशनल इम्प्लोमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डीएन इन्टरनेशनल, रोयल ओभरसिज, जब्स ग्लोबल, […]

अख्तियारद्वारा गत वर्ष ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९/०८० मा ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत वर्ष १६२ वटा भ्रष्टाचारका मुद्दामा ७७६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिरएको अख्तियारले जनाएको छ । आयोगका प्रवक्ता भोला दाहालले पत्रकार सम्मेलन गर्दै विशेष अदालतमा दायर मुद्दामध्ये सबैभन्दा बढी सङ्घीय मामिला मन्त्रालय र स्थानीय तहका भ्रष्टाचारसम्बन्धी […]

रामेछापको खाँडादेवी थान्सिङ्गमा गाडी दुर्घटना

रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ७ थान्सिङ्गमा गाडी दुर्घटना भएको छ । सोमबार राति करिब ९/१० बजेको समयमा गाडी दुर्घटना भएको हो । विद्युतको पोल बोकेको निशान गाडी दुर्घटनामा परेको हो । बा ५ ख ७३०७ नम्बरको गाडी ओभरलोड भएर दुर्घटना भएको हुन सक्ने त्यहाँका स्थानिय खिरलाल तामाङ्गले जानकारी दिनुभयो । राति गाडी दुर्घटना भएको […]

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका नेता कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । ढुङ्गेलले आफ्ना प्रतिस्पर्धी कृष्ण दाहाललाई २ सय ५७ मतले पराजित गर्नुभयो । ढुङ्गेलले ६ सय ९६ मत पाउँदा दाहालले ४ सय ३९ मत पाउनुभयो । त्यस्तै दावा दोर्जे लामा ६ सय १५ मतसहित प्रदेश उपाध्यक्षमा निर्वाचित हुनुभयो । सचिवमा नवराज सिलवाल एक […]

एमाले बागमती प्रदेशको अधिवेशन:ढुङ्गेल र दाहालबिच प्रतिस्पर्धा

नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा आज मतदान हुँदैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा अहिले केहीबेरमा मतदान सुरु गर्ने तयारी भएको छ । बागमती प्रदेश अध्यक्षका लागि एमाले नेता कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुँदैछ । निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुङ्गेलले उम्मेदवारी […]