सम्मृद्ध रामेछाप निर्माणको लागी बहस,मन्त्री ठकुरीले जनाए प्रतिबद्धता
रामेछाप जिल्लाको पहिलो राष्ट्रिय दैनिक पत्रिका ‘गन्तव्य टुडे’को ८औँ स्थापना दिवसको अवसरमा सम्मृद्ध रामेछाप निर्माणको लागी बहस कार्यक्रम गरिएको छ । शनिबार बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले रामेछापको पर्यटन विकास र समृद्धिका लागि आगामी बजेटमार्फत विशेष सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । […]