समाजसेवी प्रदिप घिमिरेको सहयोगमा सडक पेटीमा बस्दै आएका एक पुरुषले देखे आँखा

विगत लामो समयदेखी स्वयम्भुको सडक पेटीमा बस्दै आएका नुर्बु तामाङका दुबै आखाँमा मोतियाबिन्दु भएको थियो । समाजसेवी ओम श्रेष्ठ र प्रदिप घिमिरेको सहयोगमा नुर्वु तामाङको देब्रे आँखाको मोतियाविन्दुको अप्रेशन सफल भएको छ । नुर्वुको अवस्थाबारे तिलगंगा आँखा प्रतिष्ठान प्रशासन समक्ष समाजसेवी प्रदिपले जानकारी गराएपछि तिलगंगा आँखा प्रतिष्ठानले उनको निःशुल्क अप्रेशन गराएको छ । केही समय […]

रामेछापका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

देशका धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो छ । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी सङ्ख्या बढाउन थुप्रै योजना बनाएर करोडौँ रुपैयाँ लगानी गरे पनि सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव झन्झन् समस्याको विषय बन्दै गएको छ । रामेछापका अधिकांश आधारभूत सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव छ । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको […]

असारको दोस्रो सातासम्म पनि रामेछापमा अधिकांश खेत बाँझै

असारको दोस्रो सातासम्म रामेछापका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात नहुँदा यसवर्ष जिल्लामा धान रोपाइँ ढिला भएको हो । असारको मध्येसम्म पनि रामेछापमा करिब १८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । यस वर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ८२ प्रतिशत खेत बाँझै रहेका छन् । गतवर्ष असारको […]

यो वर्ष रामेछापमा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न

यो वर्ष रामेछाप जिल्लामा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । असार महिनाको १५ गते बितिसक्दा रामेछाप जिल्लामा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र रामेछापका सूचना अधिकारी शर्मिला फुयाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको गोकुलगङ्गा, उमाकुण्ड, र दोरम्बा शैलुङ गाउँपालिका लगायतका क्षेत्रका गरी जम्मा १८ प्रतिशत […]

सुनापती गाउँपालिकाले ल्यायो ५४ करोड ७८ लाख ५५ हजारको बजेट

रामेछापको सुनापती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ५४ करोड ७८ लाख ५५ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले निती तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र सडकलाई मुख्य प्राथमिकता दिइएको छ । गाउँपालिकाले यो पटक पनि धेरै पुरानै निती तथा कार्यक्रमलाई निरन्तरता दिएको हो । गाउँसभाले […]

दोरम्बा शैलुङ गाउँपालिकाले ल्यायो ५६ करोड ६४ लाखको बजेट

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५६ करोड ६४ लाख ५१ हजार ४ सय ६८ रुपैयाँको बजेट ल्याएको छ । र्आइतबार गाउँपालिकाको १३ औं गाउँसभामा उपाध्यक्ष खमला थापा मगरले आर्थिक वर्ष २०८०/०८१ को लागि ५६ करोड ६४ लाख ५१ हजार ४ सय ६८ रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो । पालिकाको अघिल्लो वर्षको […]

बृद्ध आश्रममा रहेकाहरुलाई भोजन

सर्लाहीको लालबन्दीमा रहेको बृद्ध आश्रममा एक मनकारी परिवारले मिष्ठान्न भोजन गराएका छन् । बिहिवार काठमाडौ ,कामनपा ३२ कोटेश्वर निवासी झनक ढुंगेल दम्पती परिवारले बृद्ध आश्रममा मिष्ठान्न भोजन गराएका हुन् । कान्छो छोराको बिदेश अध्यन सफलताको लागि आश्रमका आमा बुबा लगायतबाट आशीर्वाद लिन लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पध्म भुवनेश्वरी नमुना बृद्ध सेवा आश्रममा आश्रित बृद्ध बृद्धाहरुलाई […]

यस्तो छ खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम

रामेछापको खाँडादेवी गाउँपालिकाको १३ औँ गाउँ सभाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र आर्थिक ऐन २०८० पारित गरेको छ । शनिवार गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । यसैगरी आर्थिक ऐन २०८० पनि सभाले स्वीकृत गरेको छ । अधिवेशनमा गाउँपालिका उपाध्यक्ष रमा घिसिङले […]

उमाकुण्ड गाउँपालिकाले ल्यायो ६० करोड ५८ लाख ६३ हजारको बजेट

रामेछापको उमाकुण्ड गाउँपालिकाले पनि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको लागि ६० करोड बढी बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले शुक्रबार गाउँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि कूल ६० करोड ५८ लाख ६३ हजार १०० रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । ७ वटा पालिका […]

यस्तो छ मन्थली नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट

रामेछापको मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाले १३ औं अधिवेशनमा नगर प्रमुख लब श्रेष्ठले नीति तथा कार्यक्रम र उपप्रमुख ईश्वरी बस्नेतले बजेट प्रस्तुत गर्नु भएको हो । नगरप्रमुख श्रेष्ठले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका र अन्तर्गतका कार्यालयहरूको कामलाई पूर्वाधार, उपकरण र प्रविधि मैत्री […]