८ महिनामा रामेछाप नगरपालिकाको विकास खर्च जम्मा १३ दशमलव ४५ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाको विकास खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा नगरपालिकाले चालु तर्फ ४४ दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको हो । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा २६ करोड […]

सुनापती गाउँपालिकामा बन्यो आधारभूत अस्पताल,छिट्टै संचालनमा आउने

रामेछापको सुनापति गाउँपालिकामा आधारभूत अस्पताल निर्माण सम्पन्न भएर बुधबार निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गरेको छ । ८ करोड ८३ लाख ९३ हजार २४ रुपैया ४ पैसा लागतमा भवन निर्माण सम्पन्न भएको हो । वि एण्ड वि आर एण्ड सि एस विल्डर्स नामक निर्माण कम्पनीले भवन निर्माणको काम गरेको हो । २०७८ वैशाख २५ मा सम्झौता […]

मन्थली क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित

मन्थली क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियुका शुशिल थापा निर्वाचित हुनुभएको छ । मङ्गलवार भएको स्ववियु निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा थापा निर्वाचित हुनुभएको हो । थापाले २ सय ७ मत पाएर स्ववियु अध्यक्षमा निर्वाचित हुँदा नेविसङ्घका विपुल रोकाले १ सय ५२ मत पाउनुभयो । अखिल क्रान्तिकारीका अध्यक्ष […]

सामुदायिक वनमा आगो लगाउने रामेछाप देउरालीका वृद्ध पक्राउ

सामुदायिक वनमा आगो लगाउने रामेछाप देउरालीका एक वृद्ध पक्राउ परेका छन । रामेछाप नगरपालिका –२ देउराली सिरुवारी स्थित भिर पाखामा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय ७२ वर्षीय हरि बहादुर मगरलाई पक्राउ गरेको हो । मगरले चैत ४ गते साँझको समयमा भिर पाखामा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कौशल न्यौपानेले […]

रामेछापमा एसईईको सबै तयारी पूरा,२७ सय विद्यार्थीले परीक्षा दिँदै

यहि चैत्र ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले जानकारी दिएको छ । दुई नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा यो वर्षको एसइई परीक्षाका लागि १९ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । यो वर्ष रामेछापबाट दुई हजार ७०० बढी विद्यार्थीले एसइई […]

वनमा आगो लगाएको आरोपमा रामेछाप दोरम्बाका दाजु–भाइ पक्राउ

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको छहरेछाप डाँडा सामुदायिक वन र सोही स्थानको लालिगुँरास सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका ५० वर्षीय पदमबहादुर विक र उनैकै भाइ ४५ वर्षीय […]

रामेछापमा पहिलो पटक धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी

रामेछाप जिल्लामा पहिलो पटक धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी गरिएको छ । जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचार गर्न राष्ट्रिय फोटो पत्रकार समूह रामेछापले मन्थलीमा फोटो प्रदर्शनी आयोजना गरेको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाग्मती प्रदेशको तेस्रो प्रदेश महाधिवेशन उद्घाटन कार्यक्रमको अवसरमा प्रदर्शनी आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार […]

जातीय विभेदको घटनामा मिलापत्र गराउने विरुद्ध कारबाहीको माग

रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा सदस्यसहित दलित महिलाहरु माथि भएको जातीय विभेदको घटनामा गरिएको अवैधानिक मिलापत्रको विषयलाई लिएर जिल्लाका तीन राजनीतिक दलका दलित संगठनहरुले आपत्ति जनाएका छन् । फागुन २४ गाउँपालिकाको वडा नं. ३ कुभुकास्थलीस्थित चिर्मालु गुम्बामा आयोजित कार्यक्रममा लामा गुरुलाई स्वागत गर्न पुगेका वडा सदस्य नेपालीसहित अन्य दलित महिलाहरूलाई स्थानीय करिब ५२ वर्षीय छोक्पा शेर्पाले […]

वडा सदस्य माथि नै जातीय विभेद,छुवाछूतको घटनामा मिलापत्र

रामेछापको उमाकुण्ड गाउँपालिकाको वडा नं. ३ कुभुकास्थलीको दलित महिला सदस्य माथि नै जातीय विभेद भएको पाइएको छ । फागनु २४ गते उमाकुण्ड गाउँपालिकाको वडा नं. ३ कुभुकास्थलीको चिर्मालुस्थित गुम्बामा आयोजित लामा गुरुको स्वागत कार्यक्रममा निम्तो मान्न पुगेकी वडा सदस्य शर्मिला नेपाली माथि जातीय विभेद भएको पाइएको हो । कार्यक्रममा पुगेकी वडा सदस्य नेपालीसँगै अन्य चार […]

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा मंगलबार(आज) रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सम्पन्न भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]