रामेछापमा खुला दिसामुक्त घोषणा तर कार्यान्वयनमा समस्या

रामेछाप जिल्ला २०७५ साल जेठ २८ गते बाग्मती प्रदेशको सातौँ जिल्लाका रूपमा खुल्ला दिसामुक्त घोषणा भएको थियो । तर व्यवहारमा भने कार्यान्वयनमा आउन सकेको छैन । मानिसहरुको भीडभाड हुने स्थानमा सार्बजनिक शौचालय बनेका छैनन् भने, सरकारी कार्यालयमा भएका शौचालय समेत व्यवस्थित र सफा नभएको स्थानीय अस्मिता महताराको भनाइ छ । जिल्ला खुला दिसामुक्त घोषणा भएको […]

सेवाको गुणस्तरमा सुधार गर्दै विरामीको भरोसा बढाउन सफल जिल्ला अस्पताल रामेछाप

सरकारी स्वास्थ्य संस्थाको गुणस्तर गतिलो नहुने भन्दै उपचार र स्वास्थ्य परीक्षणका लागि नीजि अस्पताल र क्लिनीकमा जाने क्रम बढ्दो छ । तर, केही सरकारी अस्पतालले भने सेवाको गुणस्तरमा सुधार गर्दै विरामीको भरोसा बढाउन सफल पनि भएका छन् । यस्तैमध्येको एक हो जिल्ला अस्पताल रामेछाप । पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा पाउन थाले पछि जिल्ला अस्पताल […]

रामेछापको उमाकुण्डमा भाईले खुकुरी प्रहार गर्दा दाई गम्भिर घाईते

रामेछापको उमाकुण्ड गाउँपालिकामा आफ्नै भाईले दाईमाथि खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका छन् । उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थली कोलाका ४९ वर्षिय देव बहादुर बस्नेतलाई आफ्नै भाई ओसिराम बस्नेतले खुकुरी प्रहार गरेका हुन् । घरायसी विवादका कारण गएराति ८ बजे ओसिरामले दाईमाथि खुकुरी प्रहार गरेको रामेछाप प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भिर घाईते भएका देवबहादुरलाई स्थानीय […]

रामेछापमा देउसी, भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने

यो वर्षको तिहारको समयमा रामेछापमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले देउसी, भैलोलगायत सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेपछि सञ्चालन नगर्न भन्दै अनिवार्य रुपमा बन्द गर्न आग्रह गरेको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले एक विज्ञप्ति जारी गर्दै चाडपर्वको […]

रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा

तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज रामेछापमा देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको […]

रामेछापमा पछिल्लो केही वर्षयता देउसी,भैलोमा मादलको कम प्रयोग हुँदै

रामेछापमा केही वर्षयता तिहारका समयमा देउसी, भैलो खेल्दा मादलको प्रयोग हुन छाडेको छ । कुनै समय गाउँदेखि सहरसम्म मादलको तालमा सुनिने देउसीका भाका अहिले आक्कलझुक्कल मात्र सुनिन थालेको छ । पछिल्लो पुस्ताले संस्कृति बिर्सँदा मादल पनि विरानो बन्न थालेको हो । नेपालका सबैजसो लोकभाकामा प्रयोग हुने लोकबाजा मादल विशेषगरि तिहारका समयमा बिक्री बढी हुने आशामा […]

रामेछापमा सस्तोमा डलर दिने भन्दै ५ लाख ठगी

नेपाली रुपैयाँ दिएर अमेरिकी डलर साट्दा चलन चल्तीको भन्दा बढी रकम पाइने आश्वासन पाएका दैलेखका एक व्यक्ति शनिबार रामेछापको राकाथुम आएर ठगिएका छन् । खाँडादेवी गाउँपालिका–१ राकाथुमका दलबहादुर लामा र उनका साथीले दैलेख ठाडीकाद गाउँपालिका–४ का प्रदीप कठायतलाई ठगी गरेका हुन् । उनी नेपाली रुपैयाँ १ लाखमा १ हजार अमेरिकी डलर पाउने लोभमा ५ लाख […]

वनले अनुमति नदिँदा रामेछापका किसानले आफ्नै जग्गाको रुख बेच्न पाएनन्

डिभिजन वन कार्यालय रामेछापले रुख कटानका लागि आवश्यक अनुमति नदिँदा किसानहरु आफ्नै पाखा, बारीको रुख बिक्री गर्नबाट वञ्चित भएका छन् । आवश्यक सबै प्रक्रिया पूरा गरेर आफ्नो पाखाबारीको रुख कटानको अनुमतिको लागि किसानले सबै कागजात पेस गरिसक्दा पनि डिभिज वन कार्यालयले रुख कटानको लागि अनुमति नदिएपछि किसानहरु आफ्नै जग्गाको रुख तथा काठ बिक्री गर्नबाट वञ्चित […]

रामेछाप नगरपालिकामा भत्ता खाने अपाङ्ग १ सय ८६ जना मात्रै

रामेछाप नगरपालिकामा यसअघि सामाजिक सुरक्षा भत्ता रकम बुझ्दै आएका अपाङ्गको संख्या घटेको छ । गएको वर्षसम्म रामेछाप नगरपालिकामा ३ सय ७२ जनाले अपाङ्गले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका थिए । नगरले सपाङ्गलाई पनि अपाङ्ग परिचयपत्र दिएर सामाजिक सुरक्षा भत्ता खुवाएको भन्दै स्थानियले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पेश गरेपछि सो बिषयमा रामेछाप नगरपालिकाले चिकित्सक सहितको […]

रामेछाप बजारमा तिहार लक्षित बजार अनुगमन

नजिकिँदै गरेको तिहारलाई ध्यानमा राखेर रामेछाप नगरपालिकाले बजार अनुगमन गरेको छ । रामेछाप नगरपालिकाको केन्द्र समेत रहेको जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको अनुगमन गरिएको हो । मंगलबार(आज) तिहार पर्वलाई लक्षित गरी बजार क्षेत्रमा रहेका खाद्यान्न,मासु,किराना,कस्मेटिक तथा अन्य विभिन्न पसलहरुको अनुगमन गरिएको अनुगमन समितिका संयोजक नारायण सुवेदीले बताउनुभयो । बजारमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्वि नियन्त्रण र चाडबार्डको […]