बागमती प्रदेशसभाको नीति तथा कार्यक्रम दिउँसो २ बजे प्रस्तुत हुने

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको छ । उक्त बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसदमा […]

रामेछाप ओख्रेनीमा नाबालिका बलात्कारको आरोपमा बालक पक्राउ

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ आख्रेनीमा नाबालिका बलात्कारको आरोपमा बालक पक्राउ परेका छन । ओख्रेनीकी एक ३ वर्षिय बालिका बलात्कारको आरोपमा १४ वर्षका बालकलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं ५ रामपुरका बालकले मामा घर ओख्रेनी आएको बेला बालिकालाई बलात्कार गरेको बताइएको छ । शनिबार बिहान बालिका बलात्कृत भएको प्रहरीमा उजुरी परे […]

सुरुङबाट चुहिएको पानी नरोकेपछि गुम्देलका स्थानियद्धारा तालाबन्दी

लिखु २ जलविद्युत आयोजनाको सुरुङ चुहिएको १५ दिन बितिसक्दा पनि पानी नरोकिएपछि प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीयले सुरुङभन्दा तलको बसोवास गर्ने ४२ परिवारलाई अन्यत्र सार्नुपर्ने माग राखेका छन् । रामेछापको उमाकुण्ड १ गुम्देलको पेकरनासका बासिन्दाको भनाइ जस्तै लिखु २ आयोजनाले सुरुङमा पानी हालेपछि उक्त टोलमा जताततैबाट पानीको मूल फुटेको छ […]

जिल्ला प्रशासन कार्यालय रामेछापमा मिटरब्याजी विरुद्ध एउटा मात्रै उजुरी

जिल्ला प्रशासन कार्यालय रामेछापले मिटरब्याज पीडितहरूको उजुरी सङ्कलन गरिरहेको छ । कार्यालयको सहायता कक्षमा शुक्रबार (आज)सम्म एउटा मात्रै लिखित उजुरी परेको छ । अनुचित लेनदेन मिटरव्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ को निर्णयअनुसार पीडितहरूसँग भएका कागजातका प्रमाणहरूसहित जिल्ला प्रशासन कार्यालयले यहि जेठ १४ गते आइतवारसम्म लिखित उजुरी दिन आव्हान गरेको छ । तर जिल्ला प्रशासन कार्यालय […]

रामेछापका जनप्रतिनिधिहरू समयमा बजेट ल्याउने तयारीमा तर छलफल भने प्रभावकारी भएन

रामेछापका जनप्रतिनिधिहरू समयमा बजेट ल्याउने तयारीमा रहे पनि छलफल राम्रोसँग हुन सकेको छैन । स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन र स्थानीय सरकार सञ्चालन ऐन अनुसार अघि बढ्दा हिजोआज पालिकाहरूलाई वडाको बजेट सीमा भित्रका र अन्य महत्वपूर्ण आयोजनालाई प्राथमिकता निर्धारण गर्न भ्याइनभ्याइ हुनुपर्ने भए पनि रामेछापका अधिकांस स्थानीय सरकार योजना सम्झौता, पेस्की र भुक्तानीमै व्यस्त बनिरहेका […]

बिनु यादवले तोडिन आमरण अनसन

१५ दिनदेखि अनशनरत बिनु यादव र सरकारबीच चारबुँदे सहमति भएको छ । सहमतिपछि यादवले अनशन तोड्नुभएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि हिजो बेलुका जुस पिलाएर यादवको अनशन तोड्नुभएको हो । बिनु यादवको मागमध्ये पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदन कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय […]

बागमती प्रदेशमा गाडी भाडा घट्यो

बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । राजपत्रमा प्रकाशन भएपछि नयाँ […]

रामेछाप नगरपालिकाले बजार व्यवस्थापन नगर्दा व्यवसायी पलायन

रामेछाप नगरपालिकाले बजार व्यवस्थापन नगर्दा व्यवसायीहरु पलायन हुन थालेका छन् । बजार क्षेत्र विस्तारमा स्थानीय सरकारले ध्यान नदिएका कारण व्यवसायबाट पलायन हुनु पर्ने अबस्था आएको व्यापारीहरु बताउँछन् । बजार क्षेत्र साँघुरो हुँदा ग्राहकको उपस्थिति घटेको एक दशकदेखि व्यवसाय गर्दै आएका नविन मगर बताउनुहुन्छ । नगरपालिकाले बजार विकास र विस्तारको काम गर्न नसक्दा ग्राहक घटेको अर्का […]

रामेछाप सैपुमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका २९ वर्षीय युवक सुवास कार्कीको मृत्यु भएको छ । सोमबार लिखु नदीमा व्याट्रीबाट करेन्ट जोडेर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको स्थानीयहरूले बताएका छन् । कार्कीको घटनास्थलमै मृत्यु भएको हो । लिखु नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम केही वर्ष अघिदेखि चल्दै आएको छ […]

लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना

तोकिएभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि रामेछापको सदरमुकाम मन्थलीको लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको निरीक्षणको क्रममा पुरानै बिल प्रयोग गरी सरकारले तोकेभन्दा बढी मूल्यमा इन्धन बिक्री गरेको भेटिएपछि उक्त जरिवाना गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले नागरिकको गुनासोका आधारमा निरीक्षणको […]