प्रस्तावित निजामती विधेयकको विरोधमा धादिङका कर्मचारी,प्रधानमन्त्रीलाई पठाए १७ बुँदे मागपत्र

धादिङ,१८ असार ।निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन जिल्ला समिति धादिङले बिहीबार जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ।प्रस्तावित विधेयकले सम्पूर्ण निजामती कर्मचारी संयन्त्रलाई ध्वस्त बनाउने भन्दै युनियनका अध्यक्षका अध्यक्ष रामचन्द्र ईटनी र सविच कृष्ण कुमार श्रेष्ठद्वारा हस्ताक्षरीत माग पत्र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत ज्ञापनपत्र पठाएका हुन्।  संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तको सम्बन्धमा […]

नेत्रावती डवजोङ गाउँपालिकाको सार्वजनिक सुनुवाई हुने बारे सूचना !

श्री सरोकारवालाहरु सबै, प्रस्तुत विषयमा यस नेत्रावती डवजोङ गाउँ कार्यपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम तपशिल बमोजिमको मिति स्थान र समयमा हुने भएकोले सम्बन्धित सबैमा जानकारीको लागी सादर अनुरोध गर्दछौँ । तपशिलमिति : २०७७/०३/१६ गतेस्थान : बुद्ध आ.वि, वडा नं ३ सेमजोङ ।समय : बिहान ११ ०० बजेदेखी

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसले पायो क्युएएको मान्यता

धादिङ,१० असार ।धादिङको सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। क्युएए प्राप्तसँगै नीलकण्ठ बहुमुखी क्याम्पस अन्तर्राष्ट्रिय स्तरको मान्यतामा सूचीकृत भएको छ । विश्व विद्यालय अनुदान आयोगले अनलाइन मार्फत आयोजना गरेको एक कार्यक्रमकाबीच क्याम्पसलाई क्युएएको प्रमाणपत्र प्रदान गरेको हो । शैक्षिक, भौतिक तथा प्रशासनिक क्षेत्रमा उल्लेखनीय सुधार गर्न सफल भएका […]

धादिङमा २ सय आइसोलेशन बेड थप्ने प्रदेश सरकारको निर्णय

हेटौंडा, १४ असार ।बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आईसोलेशन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आईसोलेशन बेड तयारी अबस्थामा राखेको छ । समितीले दिएको जानकारी […]