बायर्नले जित्यो जर्मन कप उपाधि

काठमाडौं ।  बुण्डेसलिगा च्याम्पियन बनिसकेको बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल […]

चेल्सी र आर्सनल विजयी

काठमाडौं । दुई लण्डन क्लब चेल्सी र आर्सनलले प्रिमियर लिगको पछिल्लो खेलमा जित हात पारेका छन् । चेल्सीले वाटफोर्डलाई ३-० ले पराजित गर्दा आर्सनलले वल्भ्सलाई २-० ले हरायो । चेल्सीका लागि ओलिभर जिरुड विलियन र रोस बार्कलेले गोल गरे । जितपछि ३३ खेलबाट ५७ अंक जोड्दै चेल्सी म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै चौथो स्थानमा फर्किएको छ […]

राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रचार झुठो हो : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताएका छन् । उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह पनि गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँगको छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र  राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षडयन्त्र गरिएको […]

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

काठमाडौं – सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन […]

प्रदर्शनमा उत्रिएका युवा संघका नेताहरुलाई कारबाही हुन्छ : अध्यक्ष सापकोटा

काठमाडौं- युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशीखा’ले सरकारको समर्थनमा प्रदर्शनमा उत्रिएका युवा संघका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उत्रिएका युवाहरु युवासंघका नेता तथा कार्यकर्ता भए उनिहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । ‘पार्टी बैठक छोडेर सडकमा गरिने प्रदर्शन किमार्थ स्विकार्य छैन । पहिलो त विधि, विधान, […]

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने, ‘पार्टी एकता जटिल मोडमा पुगेको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्यहरुसँग शनिबार साँझ वालुवाटारमा छलफल गरेका छन् । साँझ ७ः१५ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुसँग छलफल जुटेका थिए । मन्त्रीहरुसँगको छलफलअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग पनि भेट गरेका थिए । पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको […]

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

काठमाडौं । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका युवा नेता सक्रिय हुने गर्दछन् । अहिले पनि नेकपाको एकताको विवाद उत्कर्षमा पुगेको बेला पार्टीका केन्द्रीय सदस्य तथा सांसद त्यस एकतालाई जोगाउन सक्रिय भएका छन् । उनीहरुले पार्टीमा देखिएको समस्यालाई पार्टीको विधि र विधानबाट समाधान गर्न शीर्ष नेतृत्वलाई दबाब दिनका लागि दैनिक […]

काँग्रेसले सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ : नेता पौडेल

काठमाडौँ, २० असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोड घटाउ गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज वाग्मती प्रदेशका काँग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा उनले समसामयिक राजनीतितर्फ इङ्गित गर्दै ‘अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ’ भन्नु दुर्भाग्यपूर्ण हुने बताए । […]

नेकपालाई कुनैपनि हालतमा फुट्न दिँदैनौंः देवेन्द्र पौडेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले अहिले देखिएको पार्टीभित्रको समस्या समाधानको लागि ‘नयाँ आधारमा नयाँ एकता’ गर्नुपर्ने आवश्यककता औंल्याएका छन् ।  उनले पार्टीभित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरता भन्दापनि “साईड होमवर्क”हरु गरी बैठकलाई टुंगो लगाउन स्थायी कमिटी बैठक स्थगन गरिएको र अहिले अध्यक्षद्धय केपी शर्मा ओली […]

एमसीसी ‘होल्ड’मा : अर्थमन्त्री खतिवडा

काठमाडाैं ।  नेपाल सरकारले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी कम्प्याक्ट) सम्झौता हाल ‘होल्ड’ मा रहेको जानकारी दातृ मुलुक संयुक्त राज्य अमेरिकालाई गराएको छ । उक्त सम्झौता संसद्मा अनुमोदनको समयावधि (असार १६) मा अनुमोदन नभई गुज्रिएकाले अर्थ मन्त्रालयले एमसीएमार्फत् अमेरिकालाई पत्राचार गरी सो जानकारी गराएको हो । सो विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]