रामेछापका ८ वटा स्थानिय तहमध्ये सुनापति गाउँपालिका पहिलो

रामेछाप जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति गाउँपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार सुनापती गाउँपालिका ७७.५ अङ्क सहित प्रथम भएको हो । जिल्लामा भएका आठ वटै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहभागी भएकोमा सुनापति गाउँपालिका प्रथम भएको हो । मन्थली नगरपालिका ७७ […]

रामेछापको ल्याङ्गल्याङ्गमा टयाक्टर दुर्घटना एकको घटनास्थलमै मृत्यु,दुईजना घाइते

रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङ्गल्याङ्गमा टयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ,भने दुई जना घाईते भएका छन । मंगलबार(आज) दिउँसो करिब १२ बजेको समयमा भएको दुर्घटनामा सोही ठाउँका वर्ष ३७ का गुणराज श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा रामेछाप नगरपालिका ८ का मनोज मगर र चन्द्र बहादुर शाही घाईते भएका छन […]

सिन्धुलीमा आगोलागी हुँदा एउटा घर र गोठ जलेर नष्ट

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ३ क्याङ्गलुङ्गमा आगोलागी हुँदा एउटा घर र गोठ जलेर नष्ट भएको छ । क्याङ्गलुङ्गका भेष बहादुर भुजेलको आगोलागीबाट घर र गोठ जलेर नष्ट भएको हो । आज दिउँसो १ बजेको समयमा भुजेलको घर नजिकैको खरपाखामा लागेको आगो घरसम्म पुग्दा लाखौँको क्षती भएको हो । गोलन्जोर गाउँपालिका वडा नं ३ का […]

नेपथ्थे युवा समाज ज्यामिरे ओखलढुंगाको आयोजनामा भलिवल प्रतियोगिता हुने

लिला सुनुवार, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेमा यहि फाल्गुन ४ गते देखी अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सञ्चालन हुनेभएको छ । नेपथ्थे युवा समाजको आयोजनामा उत्त प्रतियोगिता हुन लागेको समाजका सचिव धिरेन्द्र खडकाले आज पत्रकार सम्मेलन गरेर उत्त कुरा बताएका हुन । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख १ […]

मञ्जु श्री सम्वत सोनाम ल्होछार र हामी जनजातिहरू

मञ्जु श्री सम्वत २८६० औ सोनाम ल्होछार सुभारम्भ भर्खरै भएको छ देश विदेशमा रहनु भएको सम्पूर्ण तामाङ समुदायहरूले हर्ष उल्लासका साथ मनाउँदै सुख दुख साटासाट गरेर नाचगान गरेर मनाएका सामाजिक संजाल भरी प्रशस्त देख्न सकिन्छ यो बिस्तारै मञ्जु श्री सम्वत सोनाम ल्होछारको प्रचारप्रसार र तामाङहरूको मौलिक चाड विश्वव्यापी हुँदै गएको प्रष्ट छ । स्वभावैले हामी […]

पञ्चेबाजा संरक्षण समाज रामेछापको अध्यक्षमा गोपाल नेपाली चयन

पञ्चेबाजा संरक्षण समाज रामेछापमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार मन्थलीमा भएको दोस्रो साधरणसभा तथा प्रथम अधिवेशनले गोपाल नेपालीको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । पञ्चेबाजा संरक्षण समाजका अध्यक्ष ज्ञान बहादुर सुन्दासको अध्यक्षता तथा मन्थली नगरपालिका १ का वडाध्यक्ष होम प्रसाद पौडेलको प्रमुख आतिथ्यमा साधरणसभा सम्पन्न भएको थियो । साधारण सभाले […]

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा आइतबार स्थानीय बिदा

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले ल्होछारको अवसरमा शनिबार पनि स्थानीय बिदाको घोषणा गरेको छ । तामाङहरूको महान चाड सोनाम ल्होछारको अवसरमा दुई दिन बिदा दिने शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले निर्णय गरेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत भोला पाठकले प्रकाशन गरेको सूचनामा उल्लेख छ । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार शनिबार र आईतबार गाउँपालिकाको कार्यालय,वडा कार्यालय तथा शैक्षिक […]

बालमैत्री स्थानिय शासन सम्बन्धी लोकगीत प्रतियोगितामा सिद्धेश्वर बाल समुह प्रथम

“बालबालिकामा गरेको लगानी,ल्याउँछ सुनौलो विहानी” भन्ने मुल नाराका साथ केवलेश्वर वडा बाल सञ्जालको प्रथम वार्षिक उत्सव २०८० को सन्दर्भमा ८ नं. वडा कार्यालयको समन्वय तथा बाल सञ्जालको आयोजनामा अन्तर बाल समुहहरु विच बालमैत्री स्थानिय शासन सम्बन्धी लोकगीत प्रतियोगिता शुक्रबार(आज) रामेछाप नगरपालिका वडा नं. ८ रामेछाप बजारमा सम्पन्न भएको छ । लोक गित प्रतियोगितामा सिद्धेश्वर बाल […]

सोनाम ल्होसारको अवसरमा रामेछापको सुनापति गाउँपालिकामा २ दिन सार्वजनिक बिदा

सोनाम ल्होसारको अवसरमा रामेछापको सुनापति गाउँपालिकाले २ दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले तामाङ समुदायको महान् वर्ष सोनाम ल्होसार पर्व मनाउन भन्दै २ दिन बिदा दिएको हो । शनिवार तामाङ समुदायको ल्होसार पर्व परेकाले शनिवार बाहेक थप दुई दिन आइतबार र सोमबार पनि सार्वजनिक बिदा दिएको पालिकाले एक सूचना प्रकाशित गरि जानकारी दिएको हो […]

हामीले चुनाबमा गरेका बाचा अनुसारको काम थालनी भएको छ : नगरप्रमुख न्यौपाने

रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेसँग समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश : तपाइँ नगरप्रमुख बनेको यतिका महिना भयो । पद समालेको अवधिमा तपाईंको अनुभव कस्तो रह्यो ? काम गर्दै जाँदा धेरै कुरा हामीले पनि सिक्नुपर्ने र कतिपय कुरा सिकाउनु पर्ने रहेछ भन्ने महसुस भयो । कानूनतः अधिकार प्रत्यायोजन गरिएको भनिएको छ तर अधिकार खासै केही […]