रामेछाप सहित देशभर चिसो बढ्यो

रामेछाप सहित देशभर चिसो बढ्ेको छ । देशका केही भू–भागमा आज हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु लाग्ने भएकाले चिसो महसुस हुने विभागले बताएको छ । देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न […]

सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकार निरीह : मन्त्री श्रेष्ठ

बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकार निरीह बन्नु परेको गुनासो गर्नुभएको छ । बुधबार रामेछापको मन्थलीमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले संविधान कार्यान्वयनको लागि आवश्यक कानुन सङ्घीय सरकारले नबनाउँदा प्रदेश सरकार निरीह भएको गुनासो गर्नुभयो । चार वर्षअघि सङ्घीय संसद्बाट पारित भएको प्रहरी ऐन कार्यान्वयनमा आउन नसकेको […]

समाजसेवी मेघ सुवेदीद्वारा १५ सय परिवारलाई न्यानो कम्बल वितरण

सेजल एण्ड सिस्टर संस्थाद्वारा समाजसेवी मेघ सुवेदी दम्पतिद्वयले पूर्व नेपालको बेलडाँगी शिविरमा बस्दै आएका सयौं व्यक्तिलाई जाडोको समय सुरु हुन लाग्दै गर्दा न्यायो माया सहितको न्यायो ब्लाङ्केट वितरण गरेका छन् । सुवेदीले प्रदान गरेको न्यानो माया सहितको न्यायो कम्बल पाएपछि फूलमाया राइले राहतको स्वास फेर्दै व्यक्त गरेकी छिन् । विभिन्न दातृ संस्थाहरुले सहयोग कटौती गर्दै […]

रामेछाप कारागारका ३५ जना कैदीले गरे रक्तदान

जिल्ला कारागार कार्यालय रामेछापमा रहेका ३५ जना कैदीले रक्तदान गरेका छन । जिल्ला कारागार कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो । अस्पतालमा रगतको आवश्यकता पर्ने बिरामीलाई रगतको अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरिएको रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापका सदस्य ढाल विक्रम कार्कीले बताउनुभयो । जिल्ला कारागार कार्यालय […]

रामेछाप नगरपालिका– ३ ले टोलटोलमै पुगेर नागरीकहरुको स्वास्थ्य परीक्षण गर्दै

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ ले टोलटोलमै पुगेर नागरीकहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । वडा नं ३ ले साँघुटार स्वास्थ्य चौकीसँगको सहकार्यमा वडाको सबै टोलहरुमा पुगेर ४० वर्ष माथिका नागरीकहरुको स्वास्थ्य परीक्षण गरिने कार्यक्रम रहेको वडाअध्यक्ष दल बहादुर प्रधानले जानकारी दिनुभयो । स्वस्थ व्यक्तिमा नसर्ने रोगहरु र तिनका जोखिमहरु सममा नै पहिचान […]

नेवाः समाजको कार्य बिस्तारमा केन्दिय समिति

नेवाः समाज अमेरिकाका केन्द्रिय पदाधिकारीहरुले “आफिनो जाती, पहिचान र संस्कारको संरक्षण र सम्बर्धनको लागि अमेरिकाको ५० वटै राज्यहरुमा प्रचार प्रसारमा लागिपरेका छन् ।” किशोर प्रधानको नेतृत्वमा रहेको ८ केन्द्रिय समितिहरुले आइताबार भर्जिनियाको ऐनरायीकोमा नेवाः समाज विकासको लागि मानव जीवनमा आइपर्ने विभिन्न प्रकारका नेवाः संस्कार, भेष, भुषा, भाषा, लिपी र पिता पुर्खादेखी चल्दै आएको संस्कार र […]

रामेछापको मन्थली–३ का तत्कालीन वडासचिव सहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका वडा–३ का तत्कालीन वडासचिव शिवकुमार महतोसहित दुई जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले आज शुक्रवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । स्थानीय निर्मला खत्रीसँगको मिलेमतोमा उनका जीवित श्रीमानकाे मुत्यु भएको भन्दै वडासचिव हुँदा महतोले गलत लिखत […]

नेपाली सेनाद्वारा ३ हजार ४ सयभन्दा बढी कर्मचारी माग

नेपाली सेनाको विभिन्न पदमा जागिर खुलेको छ । सूचना प्रकाशन गर्दै सेनाले सैन्य पदमा ३ हजार जना तथा सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४ सय १३ जना कर्मचारी मागेको हो । विभिन्न ब्यारेकमा आवश्यक रहेका पदमा पदपुर्तिका लागि दर्खास्त आह्वान गरिएकाले इच्छुक र योग्यता पुगेका व्यक्तिले पुस ७ गतेसम्म आवेदन दिन सक्ने […]

रामेछापमा खुला दिसामुक्त घोषणा तर कार्यान्वयनमा समस्या

रामेछाप जिल्ला २०७५ साल जेठ २८ गते बाग्मती प्रदेशको सातौँ जिल्लाका रूपमा खुल्ला दिसामुक्त घोषणा भएको थियो । तर व्यवहारमा भने कार्यान्वयनमा आउन सकेको छैन । मानिसहरुको भीडभाड हुने स्थानमा सार्बजनिक शौचालय बनेका छैनन् भने, सरकारी कार्यालयमा भएका शौचालय समेत व्यवस्थित र सफा नभएको स्थानीय अस्मिता महताराको भनाइ छ । जिल्ला खुला दिसामुक्त घोषणा भएको […]

रामेछापको उमाकुण्डमा भाईले खुकुरी प्रहार गर्दा दाई गम्भिर घाईते

रामेछापको उमाकुण्ड गाउँपालिकामा आफ्नै भाईले दाईमाथि खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका छन् । उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थली कोलाका ४९ वर्षिय देव बहादुर बस्नेतलाई आफ्नै भाई ओसिराम बस्नेतले खुकुरी प्रहार गरेका हुन् । घरायसी विवादका कारण गएराति ८ बजे ओसिरामले दाईमाथि खुकुरी प्रहार गरेको रामेछाप प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भिर घाईते भएका देवबहादुरलाई स्थानीय […]