छुवाछूतमुक्त घोषणाको १९ वर्षः जातीय छुवाछूत भने कायमै

रामेछापका सरोकारवालाले कानुनको व्यवहारिक कार्यान्वयन नहुँदा समाजमा अझै जातीय भेदभाव तथा छुवाछूत कायमै रहेको बताएका छन् । १९ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल जिल्ला शाखा रामेछापले सदरमुकाम मन्थलीमा सोमबार आयोजना गरेको साझा सवाल र जबाफदेहिता सहितको अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । मन्थली नगरपालिका […]

रामेछापको मन्थलीमा रक्तदान कार्यक्रम सम्पन्न,४५ जनाले गरे रक्तदान

रामेछापको सदरमुकाम मन्थलीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज(शनिबार) बिहान देवकोटा चोकमा भएको खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन । मन्थली बचत तथा ऋण सहकारी संस्थाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । तामाकोसी सेवा समिति ,रामेछापका सहयोगी मनहरु,रामेछाप काठमाण्डौँ सृजनशिल समाज र […]

जुनार कृषकका लागी उत्पादन र बजारीकरण सम्बन्धि तालिम सुरु

रामेछापको रामेछाप नगरपालिकामा जुनार कृषकका लागी जुनार उत्पादन र बजारीकरण सम्बन्धि तालिम आजदेखी सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाइ रामेछापको आयोजनामा तालिम सुरु भएको हो । तालिममा रामेछाप र मन्थली नगरपालिकाका जुनार खेती गर्ने कृषकहरुको सहभागीता रहेको छ । ३ दिनसम्म संचालन हुने तालिममा जुनारको विरुवा रोपेदेखी दाना फलेर टिप्ने बेलासम्मको […]

रामेछापका ५५ सय बढी बालबालिकालाई पोलियोविरुद्धको आई.पी.भी. खोप लगाईँदै

रामेछापका ५ हजार ५ सयभन्दा बढी बालबालिकालाई पोलियो भाईरस विरुद्धको आईपीभी खोप लगाइने भएको छ । यहि जेठ १३ देखि २६ गतेसम्म देशव्यापी रुपमा आईपीभी खोप अभियान सञ्चालन हुँदैछ । जिल्लामा रहेका दुई नगरपालिका र ६ वटा गाउँपालिकाका पाँच हजार ५ सय १५ जना बालबालिकालाई पोलियो विरुद्धको आईपिभी खोप लगाइने जनस्वास्थ्य कार्यालय रामेछापका खोप कार्यक्रमका […]

रामेछापको दुरागाउँमा करेन्ट लागेर बालकको मृत्यु

रामेछापको दुरागाउँमा करेन्ट लागेर बालकको मृत्यु भएको छ । लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ दुरागाउँ स्थित कट्टी भन्ने स्थानमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु भएको हो । बुधबार(आज) बिहान घरमै साउन्ड सिस्टम (डेक) बजाउने क्रममा करेन्ट लागेर पाण्डव खुट्टेको मृत्यु भएको वडा अध्यक्ष प्रदीप कुमार तामाङले जानकारी दिनुभया । उहाँका अनुसार बालकको शव […]

वनमा आगो लगाउने रामेछाप कात्तिकेटाेलका ७० वर्षीय वृद्ध पक्राउ

वनमा आगाे लगाउदै हिड्ने एक वृद्धलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । वनमा आगाे लगाउदै गरेकाे अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ कात्तिकेटाेल बस्ने ७० वर्षीय अमरबहादुर मगर पक्राउ परेका हुन । गत शुक्रबार अपरान्ह ४ बजेतिर साेही ठाउँको कात्तिके सामुदायिक वनमा आगाे लगाउदै गरेको अवस्थामा वनका […]

रामेछाप दोरम्बाको गौतम सहित गाडी चोरी गर्ने गिरोह पक्राउ

ललितपुर प्रहरीले रातको समयमा गाडी चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउपालिका वडा नंम्बर ५ का गणेश वहादुर गौतम लगायत रहेका छन् । ललितपुरका विभिन्न स्थानमा पार्किङमा राखिएका तीन वटा पिकअप भ्यान चोरी गरेको प्रहरीले बताएको छ । गाडीहरु चोरी भएपछि खोजतलास गर्ने क्रममा ब्याट्री निकालिएको अवस्थामा नैकाप र सतुंगलमा […]

भरुवा बन्दुक पड्कदा रामेछाप च्यास्कुमा एक पुरुष घाइते

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ च्यास्कुमा भरुवा बन्दुक पड्कदा एक जना पुरुष घाइते भएका छन । यहि वैशाख ३१ गते राति अन्दाजी ८ बजेको समयमा सोही ठाउँ बस्ने अन्दाजी वर्ष ५२ को राम बहादुर तामाङ घाइते भएका हुन । भरुवा बन्दुक खेलाउदा उक्त हतियार पड्कदा बन्दुकको छर्रा,बारुदले उनको पेटमा लागी घाईते भएको रामेछाप प्रहरीले […]

रामेछापको सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रामेछापको सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । गाउँपालिकावाट चालु आर्थिक वर्ष २०८० /८१ को हाल सम्म प्रवाह भएको सार्वजनिक सेवाको प्रभावकारीता तथा विकास निर्माणको गुणस्तरियता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल कृष्ण श्रेष्ठले चालु आब को हालसम्म भएको कामहरुको बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार […]

रामेछापको पुरानागाउँबासीले गाउँमै पाए जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवा

रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । आईतबार मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सहितको एकीकृत घुम्ती सेवा शिविर संचालन गरेको हो । जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवाहरु शिविरमा प्रदान गरिएको थियो । एकीकृत घुम्ती सेवा अन्तरगत स्वास्थ्य शिविरबाट ४१३ जनाले सेवा लिएका छन् । शिविरबाट १४२ जना पुरुष र २७१ […]