रामेछापमा ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ का अवसरमा नेपाली सेनाको खड्गदल गणले रामेछापको ऐतिहासिक तिल्केस्थानगढी पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ। खड्गदल गणको आयोजनामा भङ्गेरी चोकदेखि डुकुरसिङ डाँडा हुँदै तिल्केस्थानगढीसम्म सैनिक ब्याण्ड, बाजागाजा र टुकडीसहितको पदयात्रा सम्पन्न भएको हो। पदयात्रामा जनप्रतिनिधि, कर्मचारी, उद्योगी–व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। तिल्केस्थानगढीमा सम्पन्न औपचारिक कार्यक्रममा […]

मन्थलीमा पुस २६ र २७ गते कृषि तथा लघु उद्यम प्रदर्शनी मेला

रामेछापको मन्थली नगरपालिकाले स्थानीय उत्पादनको बजारीकरण तथा कृषकको व्यावसायिकता प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस २६ र २७ गते नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको छ। नगरपालिकाले बिहीबार मन्थलीमा पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। मेला मन्थली नगरपालिका–१ स्थित हाटे चौर (सोमबारे हाट परिसर) मा दुई […]

रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता कायम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछाप जिल्लामा मतदाता संख्या उल्लेख्य रूपमा बढेको छ। अघिल्लो निर्वाचनको तुलनामा ७ हजार ८४६ जना नयाँ मतदाता थपिनु केवल संख्यात्मक वृद्धि मात्र होइन, लोकतान्त्रिक प्रक्रियामा नयाँ पुस्ताको बढ्दो चासो र सहभागिताको संकेत पनि हो। २ नगरपालिका र ६ गाउँपालिका समेटिएको रामेछाप जिल्लामा ६४ वडा रहेका छन्। […]

रामेछापका पत्रकारहरुलाई एआई सम्बन्धि तालिम

रामेछाप जिल्लामा क्रियाशील पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । यहि पौष १६ देखि सुरु भएको तालिम पौष १८ गतेसम्म चलेको हो । संचार रजिष्ट्रारको कार्यालय हेटौँडाको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ रामेछापको आयोजनामा तालिम भएको हो । मन्थलीमा आयोजना गरिएको उक्त तालिममा जिल्लाका […]

रामेछाप नगरपालिकामा ईसिडी हार्मेनी परियोजनाको वार्षिक समिक्षा

रामेछापको रामेछाप नगरपालिकासँगको सहकार्यमा चाइल्ड एड नेटवर्क फाउन्डेसनको आर्थिक तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोगमा सञ्चालित ईसिडी हार्मोनी परियोजनाले एक वर्षभरी गरेको कामको समिक्षा गरिएको छ । शनिबार(आज) नगरपालिकाको सभाहलमा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । परियोजनाले एक वर्षभरी गरेका कामहरुको बारेमा परियोजना संयोजक मैयाँ बस्नेतले जानकारी गराउनुभयो । […]

पानी ट्याङकीमा डुबेर रामेछापको सुनारपानीमा बालिकाको मृत्यु

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा पानी ट्याङकीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शनिबार(आज) साँझ अन्दाजी ६ः३० बजेको समयमा अन्दाजी १० वर्षकी बालिका पानीमा डुबेको अवस्थमा मृत फेला परेको रामेछाप प्रहरीले जानकारी दिएको छ । सोही ठाउँ निवासी दिपक भुजेलको छोरी दिपिसा भुजेलको मृत फेला परेकी हुन । स्थानिय निरन कार्कीको पानी […]

रामेछापको फुलासीमा ट्रक दुर्घटना,२ जना घाईते

रामेछापको मन्थली नगरपालिका १३ फुलासीमा ट्रक दुर्घटना भएको छ । मंगलबार(आज) बिहान करिब ११ः३० बजेको समयमा भएको सो दुर्घटनामा २ जना घाईते भएका छन । मिल्तीबाट फुलासी तर्फ जाँदै गरेको बा ४ ख ७५३७ नम्बरको खालि ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । ट्रक सडकमै पल्टिएको हो । दुर्घटनामा चालक मन्थली ९ का […]

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रामेछापको अध्यक्षमा पुनःघिमिरे चयन

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रामेछापको अध्यक्षमा फेरी पनि सुजन घिमिरे चयन हुनुभएको छ । यसअघि पनि घिमिरे नै अध्यक्ष हुनुहुन्थ्यो । आज मन्थलीमा भएको ११ औँ अधिवेशनबाट घिमिरे सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । उपाध्यक्षमा रिता ढुंगेल र गणेश माझि,सचिवमा हरि ढुंगेल,कोषाध्यक्षमा कुमार घिमिरे र सहसचिवमा कपिल दाहाल चयन हुनुभएको हो । […]

मन्थलीमा देउरालीका एक पुरुषको शव फेला

रामेछापको मन्थली नगरपालिका १ रणजोर खोला नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बुधबार(आज) विहानै उनको शव फेला परेको रामेछाप प्रहरीले जानकारी दिएको छ । मृतक रामेछाप नगरपालिका २ का जयबहादुर रैकामगर रहेको खुलेको छ । रैकामगर मन्थलीमा नै बसोवास गर्दै आएका थिए । प्रहरीले उनको मृत्यूको बारेमा अनुसन्धान अघी बढाएको छ । […]

उमाकुण्ड गाउँपालिकाले निशुल्क शिक्षक सेवा तथा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

रामेछापको उमाकुण्ड गाउँपालिकाले निशुल्क शिक्षक सेवा तथा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । आफ्ना नागरिकलाई सरकारी जागिरे बनाउन निशुल्क तयारी कक्षा सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले जानकारी दिनुभयो । पालिकाले शिक्षक सेवा तथा लोकसेवा आयोगको परीक्षामा सहभागी हुन इच्छुक नागरिकलाई लक्षित गरी निशुल्क तयारी कक्षा सञ्चालन गर्नेछ । पालिकाको नागरिकहरुलाई […]