रामेछापका सरकारी कार्यालयहरूले गरे सार्वजनिक सुनुवाइ कार्यक्रम

रामेछापका सरकारी कार्यालहरुको सार्वजनिक सुनुवाइ गरिएको छ । जिल्लास्थित सबै सरकारी कार्यालयहरुको एकसाथ सार्वजनिक सुनुवाइ गरिएको हो । जिल्लाका सेवा प्रदायक कार्यालयहरूले चालु आर्थिक वर्षको हालसम्म गरेका सेवा प्रवाहका बारेमा जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा शुक्रवार सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुुनुवाइमा सेवा प्रदायक सरकारी कार्यालयकाहरुको तर्फबाट चालु आर्थिक वर्षको हालसम्म प्रवाह भएका सेवा, […]

बजेट अभावमा विपी राजमार्गको पुननिर्माण सुरु हुन सकेन

बजेट अभावमा गत असोजमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएको विपी राजमार्ग पुननिर्माण सुरु हुन सकेको छैन । १ सय ५८ किलोमिटर मध्ये १२ किलोमिटर सडकमा बाढीपहिरोले क्षति गरेको छ । यसको पुननिर्माणका लागि कम्तीमा पनि ९ अर्ब ६६ करोड लाग्ने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ । क्षतिग्रस्त सडक निर्माणका लागि २ देखि ३ वर्ष लाग्ने सडक […]

रामेछापको मन्थलीमा गुडि रहेको टिफरबाट खसेर सह चालकको मृत्यु

रामेछापको मन्थलीमा गुडि रहेको टिफरबाट खसेर सह चालकको मृत्यु भएको छ । मन्थली नगरपालिका १ बाट मन्थली नगरपालिका ४ सालु तर्फ गइ रहेको प्रदेश नः ३०१००३ क ५७६४ नम्बरको टिफरबाट खसेर आईतबार(आज) सोहि टिफरका सह चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नः ४ का ३२ बर्षका नारायण बस्नेत रहेको जिल्ला प्रहरी […]

कोरिया पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा रामेछापका युवक पक्राउ

डिपेन्डेन्ट भिसामा युवतीहरूलाई कोरिया लगायतका देशमा लैजान्छु भनी ठगी गरेको आरोपमा प्रहरीले रामेछापका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–६ घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने का ३५ वर्षीय साजन मगर भन्ने होमबहादुर मगर रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयको टोलीले बाँसबारीबाट पक्राउ गरेको हो । पक्राउ […]

जुनेली बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

जुनेली बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा बुधबार(आज) सम्पन्न भएको छ । रामेछाप नगरपालिका ८ रामेछाप बजारमा कार्यालय रहेको संस्थाको कार्यक्षत्र रामेछाप नगरपालिकाको वडा नं ६,७,८,९ र मन्थली नगरपालिकाको वडा नं ४ र ६ हो । “सुनिश्चित भविष्यको लागी आम्दानीको केही अंश बचत गर्ने बानी बसालौँ” भन्ने मूल नाराका साथ २०६४ […]

राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान गांरीशंकर क्याम्पसबाट शुभारम्भ

नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान शुभारम्भ गरेको छ । आईतबार(आज) गौरीशंकर बहुमुखी क्याम्पस रामेछाप बजारबाट अभियानको शुभारम्भ गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र नेविसंघ रामेछापका सभापति बिनोद बुढाथोकीको अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले विद्यार्थीहरुको हक,हित र अधिकारको […]

रामेछाप नगरपालिकामा जिल्ला न्यायधिससँग अन्तरक्रिया

रामेछापको रामेछाप नगरपालिकाले जिल्ला न्यायधिससँग अन्तरपालिका न्यायिक समितिका पदाधिकारीहरुबिच अन्तरक्रिया कार्यक्रम गरेको छ । रामेछाप नगरपालिकाले जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिका संयोजक तथा सदस्यहरुलाई आमन्त्रण गरेर न्याय सम्पादन गर्दा भएका समस्या र ति समस्याहरुको समाधान गर्न अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्ला न्यायाधिस राजेन्द्र नेपाल र जिल्ला अदालतका श्रेस्तेदार मधुसुदन आचार्यले कार्यक्रममा […]

रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण

रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरुमा पुगेर उपप्रमुख बाल कुमारी कार्कीले पोषणयुक्त खानेकुरा वितरण गर्नुभयो । गर्भवती महिलाहरुको लागी निशुल्क भिडियो एक्सरे सेवा पनि प्रत्येक वडामा पुगेर प्रदान गरिएको उपप्रमुख कार्कीले बताउनुभयो । अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुको संख्या बढाउन र पौष्टिक खानकुरा […]

रामेछाप नगरपालिकाका मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम

रामेछापको रामेछाप नगरपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सुरु भएको छ । सोमबार (आज)बाट सुरु भएको तालिम नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक बाल कुमारी कार्कीको अध्यक्षतामा भएको हो । उक्त कार्यक्रममा बोल्नुहुँदै उपप्रमुख कार्कीले यस प्रकारको तालिमले दक्ष मेलमिलापकर्ता उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा पनि तालिमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । न्यायिक समितिका […]

नेपाल पत्रकार महासंघ रामेछापको अध्यक्षमा घिमिरे निर्वाचित

नेपाल पत्रकार महासंघ रामेछापको अध्यक्षमा दिपक कुमार घिमिरे निर्वाचित हुनुभएको छ । शुक्रवार भएको निर्वाचनमा घिमिरेले ३७ मत ल्याएर विजयी हुनुभएको हो । अध्यक्ष पदका अन्य उम्मेदवारहरु दिपक भट्ट,अप्रिल अधिकारी र नविन केसीले ३ /३ मत प्राप्त गर्नुभयो । अध्यक्ष बाहेका अन्य पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन । महासंघको उपाध्यक्षमा युनिक विफा घिसिङ र तुलसी […]